पिस पोस्टरमा युनिशा पहिलो

पोखरा ।
लायन्स क्लब अफ पोखरा डल्फिनको आयोजनामा भएको पिस पोष्टर प्रतियोगितामा युनिशा मगर प्रथम भएकी छन् । मोहरिया टोलस्थित विन्ध्येश्वरी आदर्श बोर्डिङ स्कुलमा भएको सो प्रतियोगितामा अर्चना रत्न द्वितीय, उपासना रेग्मी तृतीय र मो भुमिकले सान्त्वना स्थान हासिल गरेका छन् । प्रतियोगितामा विभिन्न विद्यालयबाट २७ जना विद्यार्थीले भाग लिएका कार्यक्रम संयोजक लायन कृष्णकुमार श्रेष्ठले जानकारी दिए ।
क्लबका अध्यक्ष सुरेन्द्र बरालको अध्यक्षतामा भएको कार्यक्रममा उत्कृष्ट विद्यार्थीलाई डिस्ट्रिक्ट चिफ एवम् पिस पोष्टरका प्रमुख लायन शिब बहादुर खड्काले पुरस्कार तथा प्रमाणपत्र वितरण गरे ।
उनले विद्यार्थीको प्रतिभा प्रस्फुटनका लागि लायन्स क्लबले विभिन्न कार्यक्रम सञ्चालन गरेको बताए । पीआरओ इन चिफ लायन ऋषि गिरीले हरेक वर्ष गर्ने यस्ता प्रतियोगिताले विश्वमा शान्ति कायम गर्न सहयोग गर्ने कुरा जानकारी दिए ।
कार्यक्रममा संयोजक एवं लायन्स क्लबका पूर्व अध्यक्ष कृष्णकुमार श्रेष्ठ, निर्णायक अनिता थापा र लायन दुर्गाप्रसाद शर्माले लायन्स क्लबले शिक्षा, स्वास्थ्य र वातावरणीय संरक्षणको क्षेत्रमा पुर्याएको योगदानको चर्चा गरे ।








पोखरा विमानस्थल भ्रष्टाचार प्रकरण : प्रदीप अधिकारीलाई ५ लाख र भण्डारीलाई १ लाख धरौटी
अझै हटाएनन् ६८ अनलाइनले बालेनका पिताको निधनको समाचारबाट यमबुद्धका पिताको तस्बिर
हिमालय क्रिकेट एकेडेमीले प्रतियोगिता आयोजना गर्ने
बास्कुनाको सुन्तला बगान
गण्डकीमा ठूलो संख्यामा कार्यालय प्रमुखको सरुवा र पदस्थापन – हेर्नुहोस सूचीसहित
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
तपाईको प्रतिक्रिया