प्रहरी महानिरीक्षकमा दानबहादुर कार्की

पोखरा । नेपाल प्रहरीको ३३ औँ महानिरीक्षक (आइजिपी)मा दानबहादुर कार्की नियुक्त भएका छन् । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले कार्कीलाई यो महत्वपूर्ण पदमा नियुक्त गरेको हो ।
वर्तमान आइजिपी चन्द्रकुबेर खापुङ आफ्नो ३० वर्षे सेवा अवधि पूरा गरी कार्तिक २६ मा अवकाशमा जाँदै छन् । खापुङले भदौ १९ बाट प्रहरी संगठनको नेतृत्व सम्हालेका थिए ।
आइजिपीको दौडमा कार्कीसँगै उनका ब्याचमेट एआइजी राजन अधिकारी र डा. मनोजकुमार केसी पनि थिए । एआइजी सिद्धि विक्रम शाह पनि आइजिपीका दाबेदार थिए ।
२०८२ वैशाखमा चन्द्रकुबेर खापुङसँगै एआइजीमा बढुवा भएका कार्की वरीयता सूचीमा पहिलो नम्बरमा थिए । कार्की २०५४ चैत १८ मा इन्स्पेक्टरका रूपमा प्रहरी सेवामा प्रवेश गरेका थिए । यदि प्रहरी ऐन र नियमावलीमा कुनै फेरबदल भएन भने, कार्कीले २०८४ चैत १७ सम्म प्रहरी संगठनको नेतृत्व गर्नेछन् ।
जेनजी प्रदर्शनको पहिलो दिन किशोरहरूको ज्यान जाने गरी गोली चलेपछि कार्कीलाई उपत्यका प्रहरी कार्यालय पठाइएको थियो । चुनौतीपूर्ण अवस्थामा प्रहरी प्रधान कार्यालयको मानव संशाधन विकास विभाग छाडेर उनी भदौ २४ मा उपत्यका प्रहरी कार्यालयमा हाजिर भएका थिए ।
२०८० मा नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धान भइरहँदा कार्की जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख थिए । एआइजीको मेरिट लिस्टमा ३ नम्बरमा रहेका डा. केसीले सुरु गरेको शरणार्थी प्रकरणको अनुसन्धानलाई कार्कीले साथ दिए । यो मुद्दाको अनुसन्धान प्रतिवेदन तयार गर्ने र अभियोजनमा सरकारी वकिल कार्यालयसँग कार्कीको टोलीले समन्वय गरी काम गरेको थियो ।








पोखरा विमानस्थल भ्रष्टाचार प्रकरण : प्रदीप अधिकारीलाई ५ लाख र भण्डारीलाई १ लाख धरौटी
अझै हटाएनन् ६८ अनलाइनले बालेनका पिताको निधनको समाचारबाट यमबुद्धका पिताको तस्बिर
हिमालय क्रिकेट एकेडेमीले प्रतियोगिता आयोजना गर्ने
बास्कुनाको सुन्तला बगान
गण्डकीमा ठूलो संख्यामा कार्यालय प्रमुखको सरुवा र पदस्थापन – हेर्नुहोस सूचीसहित
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
तपाईको प्रतिक्रिया