सिर्जना बहिरा माविमा तालावन्दी

पोखरा ।
पोखरा २६ मा रहेको सिर्जना बहिरा माविमा बिद्यार्थीहरुले विहिबार बिहानदेखि प्ले कार्ड प्रदर्शन गरी बिद्यालयमा तालावन्दी गर्दै बिरोध प्रर्दशन गर्दै तालावन्दी गरेका छन् ।
बिद्यालयमा भएको अनियमितताको छानविन गर्न बनेको समितिले काम ढिलाई गरेको भन्दै बिद्याथीहरुले विहिबारदेखि आन्दोलन चर्काएका थिए । बिद्यार्थीहरुले विहिबारदेखि बिद्यालयमा अनिश्चितकालिन तालावन्दी गरेको अभिभावक प्रविन विसीले बताए ।
भदौं दोश्रो हप्तामा गठित छानविन समितिले दुई महिना वित्दासम्म पनि रिपोर्ट तयार गर्न नसकेको अभिभाव विसीले सुनाए । ‘बिद्यार्थीको माग प्रधानाध्यापक सुनिल भण्डारी, सहायक प्रधानाध्यापकसहित ५ जना शिक्षकलाई बर्खास्त गर्नुपर्छ भन्ने माग राखेर आन्दोलन गरेका हुन्,’ उनले भने । विद्यालय प्रशासनले निर्दोष विद्यार्थीलाई झुटो आरोप लगाएर कारागार चलान गरेको बिरोधमा विद्यार्थीहरू गत भदौं ८ गतेदेखि आन्दोलित भएको उनले सुनाए ।
भदौमा विभिन्न माग राख्दै आन्दोलन गरेपछि पोखरा २६ का वडा सदस्य तीर्थ रानाभाटका संयोजकत्वमा छानविन समिति गठन गरिएको विद्यालयका प्रअ सुनिल भण्डारीले बताए । दशैं, तिहार र जेनजी आन्दोलनका कारण छानविन गर्न केही ढिलाइ भएकाले विद्यार्थी आन्दोलित भएको उनले सुनाए । पछिल्लो समय समितिले द्रुत गतिमा काम गरेकाले समस्याको समधान छिट्टै हुने उनको भनाइ छ ।
प्रअ भण्डारीले समितिले दिएको रिपोर्टका आधारमा दोषी ठहरिए कार्वाही भोग्न तयार रहेको समेत बताए । तर, पछिल्ला समय विद्यार्थीहरुले लगाएको आरोप निराधार रहेको उनको भनाइ छ । अभिभावक र सरोकारवालहरुसँग छलफल पनि भइरहेको उनले सुनाए ।








पोखरा विमानस्थल भ्रष्टाचार प्रकरण : प्रदीप अधिकारीलाई ५ लाख र भण्डारीलाई १ लाख धरौटी
अझै हटाएनन् ६८ अनलाइनले बालेनका पिताको निधनको समाचारबाट यमबुद्धका पिताको तस्बिर
हिमालय क्रिकेट एकेडेमीले प्रतियोगिता आयोजना गर्ने
बास्कुनाको सुन्तला बगान
गण्डकीमा ठूलो संख्यामा कार्यालय प्रमुखको सरुवा र पदस्थापन – हेर्नुहोस सूचीसहित
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
तपाईको प्रतिक्रिया