जेलबाट छुटेकै दिन पतिद्वारा पत्नीको हत्या

पर्वत । पर्वतको मोदी गाउँपालिका–६ दराकमा जेलबाट छुटेकै दिन एक व्यक्तिले आफ्नी श्रीमतीको हत्या गरेका छन्। मोदी–६ दराकका ५१ वर्षीय जीतबहादुर विकले गए राति ५२ वर्षीया श्रीमती सीतालाई कुटपिट गरी हत्या गरेका हुन्।
कुटपिटबाट बेहोस अवस्थामा भेटिएकी सीतालाई प्रहरीले उद्धार गरी गए राति नै प्रदेश अस्पताल पुर्याएको थियो, तर चिकित्सकले उनलाई मृत घोषणा गरे। सीताको टाउको र अनुहारमा गम्भीर चोट लागेको थियो।
कुटपिटको घटनापछि घरमै रहेकी सीताकी बुहारी शोभा विकले तत्काल प्रहरी चौकी देउपुरमा खबर गरेकी थिइन्। खबर पाएलगत्तै देउपुर प्रहरी चौकी र जिल्ला प्रहरी कार्यालयको टोली घटनास्थल पुगेको थियो। प्रहरी निरीक्षक सुदीप भण्डारीका अनुसार, स्थानीयले नियन्त्रणमा लिई थुनेर राखेका अभियुक्त जीतबहादुरलाई प्रहरीले पक्राउ गरेको छ।
अभियुक्त जीतबहादुर वैवाहिक जबर्जस्ती करणीको अभियोगमा कैद भुक्तान गरी सोमबार मात्र धरौटीमा छुटेका थिए। उनकी श्रीमती सीताले नै धरौटी तिरेर उनलाई छुटाएकी थिइन्। प्रहरीका अनुसार, घर पुगेकै दिन साँझ खाना खाइसकेपछि जीतबहादुर श्रीमतीमाथि जाइलागेका थिए।
उनीहरूका तीन छोरा रोजगारीका लागि विदेशमा छन् भने घरमा बुहारीसहित चार जना बस्दै आएका थिए। प्रहरीले घटनाका बारेमा थप अनुसन्धान गरिरहेको जनाएको छ।








पोखरा विमानस्थल भ्रष्टाचार प्रकरण : प्रदीप अधिकारीलाई ५ लाख र भण्डारीलाई १ लाख धरौटी
अझै हटाएनन् ६८ अनलाइनले बालेनका पिताको निधनको समाचारबाट यमबुद्धका पिताको तस्बिर
हिमालय क्रिकेट एकेडेमीले प्रतियोगिता आयोजना गर्ने
बास्कुनाको सुन्तला बगान
गण्डकीमा ठूलो संख्यामा कार्यालय प्रमुखको सरुवा र पदस्थापन – हेर्नुहोस सूचीसहित
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
तपाईको प्रतिक्रिया