लेखा दिवस मनाइयो

समाधान संवाददाता २०८२ कार्तिक २५ गते १७:१५

पोखरा ।
नेपाल चाटर्ड एकाउन्टेन्ट संस्था पोखरा शाखाको आयोजनामा पोखरामा अन्तर्राष्ट्रिय लेखा दिवस मनाइएको छ । प्रत्येक वर्षको नोभेम्बर १० मा अन्तराष्ट्रिय लेखा दिवस मनाउने गरिएकोमा शाखाले एकान्टिङ प्रोफेसन एन्ड एआइसम्बन्धी अन्तरक्रिया गर्दै दिवस मनाएको हो ।


अन्तरक्रियामा लेखा व्यवसायसँग सम्बन्धित चाटर्ड एकाउन्टेन्ट तथा रजिष्टर्ड अडिटर्सहरू एवं उद्योग वाणिज्य संघका प्रतिनिधिको सहभागिता थियो । कार्यक्रममा पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष गोकर्ण कार्की, लेखनाथ उद्योग वाणिज्य संघका अध्यक्ष जानुका पराजुली अधिकारी एवं नेपाल युवा व्यवसायी मञ्च पोखरा च्याप्टर्सका अध्यक्ष सुमेज राजभण्डारी लगायतको उपस्थिति थियो ।

नेपाल लेखामान बोर्डका सदस्य चाटर्ड एकाउन्टेन्ट दुर्गाप्रसाद ज्ञवालीले एकाउन्टिङ प्रोफेसन एन्ड एआइ सम्बन्धमा कार्यपत्र प्रस्तुत गर्दै यसको प्रयोगले लेखा व्यवसायमा तथ्यांकहरुको विश्लेषणमा सहजीकरण, समयको बचतका साथै विस्तृत अध्ययनमा समेत सहज हुने बताए ।

Advertisement

उनले एआईको प्रयोग गर्ने प्राविधिक पक्ष सिकाउँदै यसबाट सही एवं विश्वसनीय विवरण लिने सोही अनुसारको विवरण एवं प्रश्न पेश गर्नुपर्ने जानकारी दिए ।

नेपाल चार्टड एकाउन्टेन्ड संस्था पोखरा शाखा संयोजक चाटर्ड एकाउन्टेन्ट उबेक श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा शाखा समन्वय कमिटी सदस्य चाटर्ड एकाउन्टेन्ट सागर आचार्य, सदस्य चाटर्ड एकाउन्टेन्ट मदन पोखरेल र शाखाका सदस्य रजिष्टर्ड अडिटर चन्द्रबहादुर सुवेदीले जानकारी दिए ।

Advertisement

तपाईको प्रतिक्रिया