स्याङ्जाको सिडिओ कार्यालयले जग्गा प्रयोग गरेबापत श्रेष्ठलाई १ करोड रुपैयाँ क्षतिपूर्ति

पोखरा ।
स्याङ्जाका श्यामप्रसाद श्रेष्ठले सरकारबाट १ करोड रुपैयाँ क्षतिपूर्ति पाउने भएका छन् । सरकारले उनको जग्गा प्रयोग गरेबापत यो रकम दिन लागेको हो । जिल्ला प्रशासन कार्यालय स्याङ्जाले श्रेष्ठको जग्गा प्रयोग गरेको थियो । कात्तिक २४ गते बसेको मन्त्रिपरिषद् बैठकले यो निर्णय गरेको हो । सरकारले मंगलबार उक्त निर्णय सार्वजनिक गरेको हो ।
सरकारले १७ वटा विभिन्न निर्णयहरू गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले यी निर्णयहरू गरेको थियो । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले मंगलबार मन्त्रिपरिषद्का निर्णयहरू सार्वजनिक गरे ।
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय र मातहतका निकायको संगठन तथा व्यवस्थापन सर्वेक्षणका लागि पूर्वस्वीकृति दिने निर्णय पनि भएको छ ।
मन्त्रिपरिषद्ले विभिन्न महत्वपूर्ण निर्णयहरू गरेको छ । भारतको विशाखापटनममा २०८२ कात्तिक २८ र २९ गते नेपाल–भारत समन्वयात्मक बैठक बस्दैछ । उक्त बैठकमा सहभागी हुन उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री अनिल कुमार सिन्हालाई स्वीकृति दिने निर्णय भएको छ । यस्तै, राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण (दोस्रो संशोधन) नियमावली, २०८२ स्वीकृत गर्ने निर्णय पनि भएको छ । भू–उपयोग नियमावली २०८२ लाई पनि मन्त्रिपरिषद्ले स्वीकृति दिएको छ ।








पोखरा विमानस्थल भ्रष्टाचार प्रकरण : प्रदीप अधिकारीलाई ५ लाख र भण्डारीलाई १ लाख धरौटी
अझै हटाएनन् ६८ अनलाइनले बालेनका पिताको निधनको समाचारबाट यमबुद्धका पिताको तस्बिर
हिमालय क्रिकेट एकेडेमीले प्रतियोगिता आयोजना गर्ने
बास्कुनाको सुन्तला बगान
गण्डकीमा ठूलो संख्यामा कार्यालय प्रमुखको सरुवा र पदस्थापन – हेर्नुहोस सूचीसहित
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
तपाईको प्रतिक्रिया