जेनजी आन्दोलनका बेला तोडफोडमा संलग्न रास्वपा नेतासहित ५ पक्राउ

पोखरा ।
जेएन जी आन्दोलनमा लुटपाट, तोडफोड तथा आगजनी गर्ने थप ६ जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय कास्कीले विभिन्न सरकारी कार्यालय, व्यक्तिगतरुपमा घर पसलहरुमा समेत आगजनी, तोडफोड तथा लुटपाट गर्ने व्यक्तिहरुको पहिचान तथा अनुसन्धान गर्दै जाँदा थप ५ जनालाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा जिल्ला कास्की पोखरा महानगरपालिका वडा नं. १० बुद्धचोक बस्ने वर्ष ५० को चन्द्रबहादुर थापा, ऐ.ऐ. बस्ने वर्ष ४८ को खगेन्द्र भन्ने हरि बहादुर थापा, जिल्ला कास्की माछापुच्छ्रे गाउँपालिका वडा नं. ७ बस्ने वर्ष २६ को सन्तोष परियार, जिल्ला कास्की पोखरा महानगरपालिका वडा नं. २६ बुढीबजार बस्ने वर्ष ४० को रमेश थापा र जिल्ला कास्की पोखरा महानगरपालिका वडा नं. ९ बस्ने वर्ष ३५ को अभिमन्यु विक्रम पाण्डे छन् । पाण्डे रास्वपा कास्कीका नेता हुन् । उनी सहकारी ठगी प्रकारणमा समेत कारागार चलान भएका थिए । पछि धरौटीमा निस्केका हुन् ।
पक्राउ परेका व्यक्तिहरुलाई जिल्ला अदालतबाट आपराधिक उपद्रव गर्न नहुने सम्बन्धी कसुरमा म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।








पोखरा विमानस्थल भ्रष्टाचार प्रकरण : प्रदीप अधिकारीलाई ५ लाख र भण्डारीलाई १ लाख धरौटी
अझै हटाएनन् ६८ अनलाइनले बालेनका पिताको निधनको समाचारबाट यमबुद्धका पिताको तस्बिर
हिमालय क्रिकेट एकेडेमीले प्रतियोगिता आयोजना गर्ने
बास्कुनाको सुन्तला बगान
गण्डकीमा ठूलो संख्यामा कार्यालय प्रमुखको सरुवा र पदस्थापन – हेर्नुहोस सूचीसहित
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
तपाईको प्रतिक्रिया