पोखराका ११ वडाको भूमि वर्गीकरण सम्पन्न, अन्योल हटाउने महानगरको योजना
समाधान संवाददाता
२०८२ कार्तिक २६ गते ६:१२

पोखरा । पोखरा महानगरपालिकाका ११ वटा वडाको भूमि वर्गीकरण सम्पन्न भएको छ। पोखरा महानगरपालिका भू-उपयोग परिषद्ले वडा नम्बर १ देखि १० र वडा नम्बर १२ को भूमि वर्गीकरण सम्पन्न गरी कित्तासहितको विवरण मालपोत कार्यालय कास्की र नापी कार्यालय कास्कीलाई हस्तान्तरण गरेको हो।
नगर प्रमुख धनराज आचार्यको उपस्थितिमा पोखरा महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मुक्तिराम अर्यालले उक्त विवरण मालपोत कार्यालय कास्की र नापी कार्यालय कास्कीलाई मंगलबार हस्तान्तरण गरे।
दोस्रो चरणमा बाँकी वडाहरूको काम अगाडि बढेको नगरप्रमुख धनराज आचार्यले बताएका छन्। उनले बाँकी काम समेत छिट्टै सकेर भू-उपयोग र वर्गीकरण बारेको अन्योलतालाई स्पष्ट पारिने बताए।
सम्बन्धित






पोखराका ११ वडाको भूमि वर्गीकरण सम्पन्न, अन्योल हटाउने महानगरको योजना
जिपिटिएको कर्मचारी क्षमता अभिबृद्वि कार्यक्रम
जेनजी आन्दोलनका बेला तोडफोडमा संलग्न रास्वपा नेतासहित ५ पक्राउ
औषधीको जेनेरिक नाम उल्लेख गर्न नागरिक अभियानको माग
चियासँगै पाकिरहेको मञ्जुको सपना
गण्डकीको सवारी करमा विशेष छुटकार्तिक मसान्तभित्र तिरे जरिवाना माफ
मन लोभ्याउने पुनहिल
पोखरामा रातिसँगै बसेर रक्सी खाए, तेस्रो भेटमै हत्या गरे
तपाईको प्रतिक्रिया