देशैभर एमालेको खबरदारी

पोखरा ।
जेनजी आन्दोलनपछि प्रतिगामी षडयन्त्र भएको भन्दै एमालेले त्यसको विरुद्धमा मंगलबार पालिका स्तरमा खबरदारी सभा गरेको छ । केन्द्रीय कमिटीको निर्णय र जिल्ला कमिटी कास्कीको निर्देशन अनुसार कास्कीका ५ वटै पालिकामा एमालेले विरोध प्रर्दशन गरेको हो ।
देशलाई संविधान र लोकतन्त्रको मार्गमा फर्काउन पार्टीले स्थानीय तहको वडा तहसम्म जागरण भेलापछि पालिका स्तरीय प्रर्दशन गरेको एमाले कास्कीका अध्यक्ष बैनबहादुर अधिकारी क्षत्रीले जानकारी दिए । उनले भने, ‘देशलाई लयमा ल्याउन खबरदारी जरुरी छ । एमालेले त्यही गरेको हो ।’
केन्द्रको घोषित देशव्यापी कार्यक्रमम अन्तर्गत एमाले पोखरा महानगरपालिका कमिटीले लेखनाथको तालचोकदेखि शिशुवा चोकसम्म ¥याली निकालेर कोण सभा गरेको अध्यक्ष जीवन आचार्यले बताए । एमाले रुपा गाउँपालिका कमिटीले रुपा ६ फालभञ्याङको थापाको कुल मन्दिर परिसरमा र्याली तथा सभा गरेको छ ।
एमाले मादी गाउँपालिका कमिटीले मादी ३ ह्याङजाकोटमा र माछापुच्छ्रे गाउँपालिका कमिटीले माछापुच्छे« ४ लाहाचोकमा र्याली तथा सभा गरेको एमाले कास्कीका कार्यालय सचिव रामप्रसाद खनालले बताए । एमाले अन्नपूर्ण गाउँपालिका कमिटीले ढिकुरपोखरीमा पालिका स्तरीय जभेला गरेको अध्यक्ष चूडामणि अधिकारीले बताए ।
लेखनाथको शिशुवा र रुपाको फाल भन्ञ्याङमा भएको सभामा एमाले स्थायी समितिका सदस्य खगराज अधिकारीले एमालेका नेता तथा कार्यकर्ताबाट भ्रष्टाचारको छानबिन सुरुवात गर्न खुला रुपमा चुनौती दिए । उनले संविधानलाई लिकमा ल्याउनका लागि संसद पुनस्र्थापनाको विकल्प नभएको उल्लेख गरे । उनले भने, ‘देश र संविधान बचाउन संसद पुनस्र्थापनाको विकल्प छैन, छोटो समयका लागि भए पनि प्रतिनिधिसभा पुनस्र्थापना गरौं ।’
केन्द्रमा पार्टी अध्यक्ष ओली र गण्डकी प्रदेशमा मबाट भ्रष्टाचारको छानबिन सुरु गर एमाले नेता खगराज अधिकारी
नेता अधिकारीले सुशासन प्रर्वद्धन र भ्रष्टाचार नियन्त्रणका लागि जेन्जी पुस्ताले उठाएको मुद्दामा एमालेको साथ, सहयोग रहेको बताए । एमाले सुशासन प्रर्वद्धन र भ्रष्टाचार नियन्त्रणका लागि खरो रुपमा उत्रिएको दाबी गर्दै उनले पार्टी अध्यक्ष केपी शर्मा ओलीबाट नै भ्रष्टाचारको छानबिन सुरुवात गर्न आग्रह गरे । ‘केन्द्रमा पार्टी अध्यक्ष ओली र गण्डकी प्रदेशमा मबाट भ्रष्टाचारको छानबिन सुरु गर,’ उनले भने, ‘एक पैसा पनि भ्रष्टाचार गरेको प्रमाणित भए सजाय भोग्न तयार छौं ।’
नेता अधिकारीले जेन्जी पुस्ताका युवालाई तत्कालीन प्रधानमन्त्री ओलीले मार्न आदेश दिएको प्रमाणित भए एमाले विघटन गर्न तयार रहेको सुनाए । एमाले तथा तत्कालीन सरकारलाई बदनाम गराउन अनावश्यक प्रयत्न भएको आरोप लगाउँदै नेता अधिकारीले तत्कालीन प्रधानमन्त्री ओलीले राजीनामा दिएपछि सरकारी भवन, निजी आवास तथा उद्योग प्रतिष्ठानमा आगजनी तोडफोड र लुटपाट भएको उल्लेख गरे ।
आगजनी, हिंसा, अपराध कर्ममा लागेका र कानुन विपरीत काम गर्नेलाई कारवाही नगरे एमालेले टोल टोलमा सुरक्षा समिति बनाएर जनताको सुरक्षा गर्ने चुनौती थिए । नेपालको स्वाधीनता र राष्ट्रियता रक्षाका लागि लामो समय लडाँइ लडेको एमालेले जस्तोसुकै वैदेशिक हस्तक्षेपको सामना गर्दै लोकतन्त्रको रक्षा गर्ने उनले उल्लेख गरे । गण्डकी प्रदेशसभा सदस्यसमेत रहेका नेता अधिकारीले संसद पुनस्र्थापनापछि संविधानको संशोधनबाट युवाको मागलाई सम्बोधन गर्न सकिने बताए ।
उनले संसद पुनस्र्थापना गरेर संविधानलाई लिगमा नलाउँदासम्म चुनाव हुने वातावरण नबन्ने दाबी गरे । सामाजिक सञ्जालमा केपी ओलीलाई सिंहदरबारबाट निकाल्नुपर्ने जस्ता आन्दोलनलाई उत्तेजित बनाउने व्यक्ति गौरीबहादुर कार्कीको छानबिन आयोगले निश्पक्ष रुपमा काम गर्न नसक्ने अधिकारीको जिकिर छ । उनले गत भदौ २३ र २४ गतेको घटना छानबिन गर्न बनेको कार्की नेतृत्वको आयोग खारेज गर्नुपर्ने मागसमेत गरे ।
प्रतिगामी षड्यन्त्रलाई परास्त गर्दै मुलुकलाई संवैधानिक व्यवस्थातर्फ फर्काउनका लागि एमालेले वडा तथा पालिका स्तरको प्रर्दशन गरेको उनको भनाइ छ । एमालेले आगामी कात्तिक २९ गते कास्कीमा जिल्ला स्तरीय जनसभा गर्न लागेको छ ।
जेनजी आन्दोलनपछि सत्ताच्यूत भएका नेकपा एमाले अध्यक्ष ओली अहिले गुन्डुमा बस्न थालेका छन् । महाधिवशन गर्ने समय एक वर्ष बाँकी हुँदै नेकपा (एमाले) महाधिवेशनको तयारीमा छ ।
पोखरालाई तय गरिएको महाधिवशेन सरकारले अध्यक्ष ओलीलाई स्थान हद लगाएपछि काठमाडौंमा नै गरिने भएको छ । महाधिवेशनमा अध्यक्षमा दोहोरिने तयारी गरेका ओलीलाई पूवराष्ट्रपति विद्यादेवी भण्डारीको साथ लिएर वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले चुनौती दिने चर्चा छ । एमालेले भण्डारीको पार्टी सदस्यता नवीकरण भइसकेपछि फेरि स्थगित गरेको थियो ।







देशैभर एमालेको खबरदारी
पोखरा महानगर : कर बढ्दा आक्रोश
पालुङटारका डिलबहादुर श्रेष्ठ सम्पर्कविहीन
चियासँगै पाकिरहेको मञ्जुको सपना
गण्डकीको सवारी करमा विशेष छुटकार्तिक मसान्तभित्र तिरे जरिवाना माफ
मन लोभ्याउने पुनहिल
पोखरामा रातिसँगै बसेर रक्सी खाए, तेस्रो भेटमै हत्या गरे
तपाईको प्रतिक्रिया