गण्डकी विश्वविद्यालयका राजकुमार थापा विश्वका शीर्ष वैज्ञानिकको सूचीमा

पोखरा । सन् २०२५ मा विश्वका सबैभन्दा बढी प्रभाव पार्ने शीर्ष वैज्ञानिकहरूको सूचीमा गण्डकी विश्वविद्यालयका प्राध्यापक तथा अनुसन्धान केन्द्र, आविष्कार तथा नवप्रवर्तन केन्द्रका निर्देशक राजकुमार थापासहित ३१ जना नेपाली वैज्ञानिक परेका छन् । अमेरिकाको स्ट्यानफोर्ड युनिभर्सिटीले एल्सेभियरसँगको सहकार्यमा तयार पारेको वार्षिक ग्लोबल र्याङ्किङमा उनीहरूले स्थान बनाएका हुन् ।
डा. थापाको अनुसन्धान लक्षित नानो पार्टिकल्स, जीन थेरापी, र एन्टिमाइक्रोबियल डेलिभरी प्रणालीको प्रयोगबाट क्यान्सर र दीर्घकालीन घाउहरूको नवीन उपचारमा केन्द्रित छ । उनी सन् २०२० देखि २०२४ सम्म स्ट्यानफोर्ड युनिभर्सिटी र एल्सेभियरद्वारा गरिएको वरीयतामा पनि विश्वका शीर्ष २% वैज्ञानिकहरू मध्येमा पर्दै आएका छन् ।
यो सूची एक वार्षिक ग्लोबल र्याङ्किङ हो जसले वैज्ञानिक विषयहरूमा विश्वका सबैभन्दा प्रभावशाली अनुसन्धानकर्ताहरूलाई पहिचान गर्छ । यसमा नेपाली अनुसन्धानकर्ताहरूले अनुसन्धान, आविष्कार र दिगोपनका माध्यमबाट विश्वव्यापी प्रभाव पारेका छन् । एल्सेभियरसँगको सहकार्यमा स्ट्यानफोर्ड युनिभर्सिटीले तयार पारेको यो र्याङ्किङले स्कोपस डाटाबेसबाट निकालिएको वैज्ञानिक उत्पादन र बिब्लियोमेट्रिक प्रभाव डेटाको विश्लेषण गर्छ ।
सूचीमा समावेश प्रमुख संस्थाहरू र वैज्ञानिकहरू:
उक्त सूचीअनुसार त्रिभुवन विश्वविद्यालयका ७ जना तथा नेपाल हेल्थ रिसर्च काउन्सिल (एनएचआरसी), बिपी स्वास्थ्य विज्ञान प्रतिष्ठान (बिपीकेएच) र अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसिमोड) का २/२ जना वैज्ञानिकहरू समावेश छन् । त्रिभुवन विश्वविद्यालयबाट अजय भट्टराई, रमेश प्रसाद अधिकारी, भीष्म कार्की, निरञ्जन पराजुली, रामप्रसाद शर्मा, गोविन्द प्रसाद ढुंगाना र त्रिवि शिक्षण अस्पतालबाट रञ्जित कुमार साह यस सूचीमा परेका छन् । त्यस्तै, बिपी स्वास्थ्य विज्ञान प्रतिष्ठान (बिपीकेएच) बाट सञ्जीव कुमार शर्मा र सुमन रिजाल तथा अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसिमोड) बाट अरुण भक्त श्रेष्ठ र फिलिप वेस्टर शीर्ष वैज्ञानिकहरूको सूचीमा अटाएका छन् ।
नेपालको सर्वोच्च अनुसन्धान निकाय नाष्टका वैज्ञानिक डा. निरञ्जन कोइराला पनि यो प्रतिष्ठित सूचीमा परेका छन् । उनले नेपालको औषधीय वनस्पति र जडिबुटीमा लुकेको सम्भाव्यताको प्रमाण र अन्तर्राष्ट्रिय अनुसन्धान र आविष्कारमा नेपालको बढ्दो भूमिकाबाट यो मान्यता पाएको बताए ।
अन्य नेपाली वैज्ञानिकहरू:
यस सूचीमा काठमाडौं इन्स्टिच्युट अफ कम्प्लेक्स फ्लोजका शिव प्रसाद पुडासैनी, नेपाल हेल्थ रिसर्च काउन्सिलका मेघनाथ धिमाल, ग्लोबल सेन्टर फर रिसर्च एन्ड डेभलपमेन्टका छविलाल रानाभाट, ट्रान्स कल्चरल साइकोसोसल अर्गनाइजेसन नेपालका मार्क जेडी जोर्डन्स, इन्टरनेशनल वाटर म्यानेजमेन्ट इन्स्टिच्युटका सन्तोष नेपाल, सिइएमवाइटी पिटर आर हब्स, ग्लोबल इन्स्टिच्युट फर इन्टरडिसिप्लिनरी स्टडिजका सुरेन्द्र केसी र काठमाडौं विश्वविद्यालयका सुदन कुमार झा पनि समावेश छन् । त्यसैगरी ग्रेड एकेडेमी प्रालिका रन्दीप रकुवाल, काठमाडौं क्यान्सर सेन्टरका सुनील कुमार श्रेष्ठ, ग्रेट एकेडेमी प्रालिका गणेश कुमार अग्रवाल, बायोटेक्नोलोजी सोसाइटी अफ नेपालका विकास बराल, लुम्बिनी मेडिकल कलेजका आलोक आत्रेय, एनएनआरसीका उत्तम पौडेल, सिलिकन स्क्रिप्ट साइन्स प्रालिका पुकार खनाल, ग्लोबल हेल्थ रिसर्च एन्ड मेडिकल इन्टरभेन्सन फर डेभलपमेन्टका सुरज भट्टराई र कलेज अफ मेडिकल साइन्सेज नेपालका विपिन चौरसिया पनि यो सूचीमा अटाएका छन् ।







गण्डकी विश्वविद्यालयका राजकुमार थापा विश्वका शीर्ष वैज्ञानिकको सूचीमा
विसं २०८२ को सर्वाधिक कमाइ गर्ने चलचित्र बन्यो ‘जेरी अन टप’
खाद्यको प्रगति सार्वजनिक
देशैभर एमालेको खबरदारी
चियासँगै पाकिरहेको मञ्जुको सपना
गण्डकीको सवारी करमा विशेष छुटकार्तिक मसान्तभित्र तिरे जरिवाना माफ
मन लोभ्याउने पुनहिल
पोखरामा रातिसँगै बसेर रक्सी खाए, तेस्रो भेटमै हत्या गरे
तपाईको प्रतिक्रिया