प्रभु ग्रुपका अध्यक्ष भट्टचन सिआईबी हिरासतबाट रिहा

पोखरा । नेकपा एमालेका पूर्व सांसद तथा प्रभु ग्रुपका अध्यक्ष देवीप्रकाश भट्टचनलाई प्रहरीले हिरासतबाट रिहा गरेको छ । सहकारी ठगी प्रकरणमा केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी) को हिरासतमा रहेका भट्टचन मंगलबार छुटेका हुन् ।
सिआईबीका प्रहरी उपरीक्षक (एसपी) निरञ्जनदत्त भट्टले सरकारी वकिलको आदेशअनुसार भट्टचनलाई हिरासतबाहिर राखेर अनुसन्धान अगाडि बढाइने बताए । भट्टले अनलाइनखबरलाई भने, ‘स्वास्थ्यको कारण देखाउँदै हिरासतमा नराखी अनुसन्धान गर्नु भन्ने सरकारी वकिलको आदेशपछि उनी छुटेका हुन् ।’
भट्टचनलाई कात्तिक ११ गते ललितपुरबाट पक्राउ गरिएको थियो । सिआईबीले उनीमाथि सहकारी ठगीको आरोपमा अनुसन्धान गरिरहेको थियो । ठाकुरप्रसाद मानन्धरले उनीलगायत अन्य व्यक्तिविरुद्ध जाहेरी दिएका थिए ।
यस प्रकरणको केन्द्रमा रहेकी प्रभु म्यानेजमेन्टकी प्रबन्ध निर्देशक कुसुम लामालाई भने प्रहरीले अहिलेसम्म पक्राउ गरेको छैन । प्रभु म्यानेजमेन्टले मनी ट्रान्सफरको भुक्तानी एजेन्टका रूपमा कारोबार गरे पनि करोडौँ रुपैयाँ तिर्न नसकेको भन्दै लामाविरुद्ध राष्ट्र बैंक र प्रहरीमा उजुरी परेको थियो । लामाकै उजुरीका आधारमा प्रभु मनी ट्रान्सफरका सञ्चालक भट्टचनलाई पक्राउ गरिए पनि, मुख्य अभियुक्त लामा भने अझैसम्म प्रहरीको पहुँचबाहिर छिन् ।









तनहुँबाट हराएको ‘गणपति डिलक्स’ लेखिएको गाडी चितवनमा फेला
बागलुङ–बिहुँ खण्ड अलपत्र
करणी आरोपमामा स्याङ्जामा एक जना पक्राउ
मिस्टर एन्ड मिस विश्वकर्मामा निश्चल र स्वेच्छा विजेता
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
गण्डकी सांसद भोजराज अर्याललाई पुत्रशोक
तपाईको प्रतिक्रिया