गुञ्जन नेपालमा सवनम

समाधान संवाददाता २०८२ कार्तिक २६ गते १५:५२

पोखरा ।
लैंगिक असमानतालाई न्यूनिकरण गर्दै सभ्य र आदर्शात्मक समाज निर्माण गर्ने उद्देश्यले स्थापना भएको सामाजिक संस्था गुञ्जन नेपालको नवौं साधारण सभा तथा चौथो अधिवेशन भएको छ । अधिवेशनबाट अध्यक्ष सवनम शर्माको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको छ ।


संस्थाको उपाध्यक्षमा प्रमिला तझ्या, सचिव लक्ष्मीराज सिलवाल र कोषाध्यक्ष नाजवुन निशा खान छन् । कार्यसमित सदस्यमा माया गुरुङ ‘मनाङे’, स्वेच्छा हमाल र सुमित्रा गायक चयन भएका छन् । संस्थाका सल्लाहकारमा निवर्तमान अध्यक्ष जुनाकुमारी गुरुङ छन् ।


राष्ट्रिय मानव अधिकार आयोग पोखरा कार्यालयका प्रमुख सहसचिव नीतु गर्तौलाले २१ औं शताब्दीमा समेत लैंगिक समानता कायम हुने नसकेको बताइन् । महिला अधिकार र समतामूलक समाज निर्माण गर्ने सवालमा गुञ्जन आग्रह गर्दै उनले महिलाले पुरुष सरह अधिकार प्राप्त गर्नुपर्ने चर्चा गरिन् ।

Advertisement


संस्थाका निवर्तमान अध्यक्ष गुरुङले सामाजिक रुपान्तरणको लागि आफैंबाट केही पहल गर्नु पर्छ भन्ने ध्येयका साथ विभिन्न संस्थामा आबद्ध व्यक्ति मिलेर संस्था खोलेको जानकारी दिइन् । उनले संस्थाले मानव अधिकार र महिला अधिकारका लागि काम गर्दै आएको बताइन् ।


कार्यक्रममा तमु धी नेपालका प्रथम उपाध्यक्ष गिमाया गुरुङ, शान्तिका लागि नागरिक समाजको सञ्जाल पोखराका संयोजक विना सिलवाल, गैसस महासंघ नेपाल कास्कीका अध्यक्ष इन्दिरा पौडेल, नेपाल रेडक्रस सोसाइटी कास्कीका कार्यसमितिका सदस्य बबिता सुवेदी काफ्ले, राष्ट्रिय अपांग महासंघ नेपाल कास्की अध्यक्ष हेमबहादुर गुरुङ, साथी नेपालका अध्यक्ष दिलीप ध्वज, दलित महासंघ (फेडो) गण्डकी अध्यक्ष सुमित्रा गायक, मुस्लिम समुदायको तर्फबाट नाजवुन निशा खान, उच्च अदालत बार एसोसियसन पोखराका कार्यसमितिका सदस्य ईश्वरी पौडेल लगायतले बोलेका थिए ।

Advertisement


२०६७ सालमा स्थापना भएको संस्थाले महिला अधिकार, दलित, अपांगता भएका व्यक्ति, आदिवासी जनजाति, मुस्लिम, सिमान्तकृत समुदायको हक अधिकारको सवालमा काम गर्दै आएको छ ।

तपाईको प्रतिक्रिया