महाप्रभुधाममा महोत्सव तयारी

समाधान संवाददाता २०८२ कार्तिक २६ गते १५:५५

पोखरा ।
पोखरा १३ आर्वा स्थित प्रसिद्ध धार्मिक तथा पर्यटकीय स्थल महाप्रभुधाममा बाला चतुर्दशीको अवसर पारेर महोत्सव आयोजना गरिने भएको छ । महाप्रभुधाम रतन पाँडे पर्यटकीय क्षेत्र विकास समितिको आयोजनामा मंसिर ३ गते बाला चतुर्दशी (सतबीज ) छर्ने दिन एक दिने महोत्सवको आयोजना गरिने भएको हो ।


महोत्सवमा राष्ट्रिय खुला भजन चुड्का प्रतियोगिता तथा महाआरती लगायतका विभिन्न धार्मिक तथा विविध मनोरञ्जनात्मक कार्यक्रम आयोजना गरिने छन् । महोत्सव गर्न बिभिन्न उपसमितिसमेत बनाइएको छ ।


‘आर्वा महाप्रभुधाम जाऔं, सतबीज छर्दै भजन कीर्तनमा रमाऔं’ भन्ने नाराका साथ आयोजित महोत्सवको मुख्य आकर्षण समूहगत राष्ट्रिय खुला भजन चुड्का प्रतियोगिता हो । प्रतियोगितामा प्रथम हुने समूहलाई नगद ५० हजार, दोस्रो हुने समूहलाई नगद ३० हजार, तेस्रो हुनेलाई १५ हजार र सान्त्वना हुने १ समूहलाई ५हजार नगद तथा प्रमाणपत्र प्रदान गरिनेछ ।

Advertisement


प्रतियोगितामा भाग लिने समूहले मंसिर १ गतेसम्म टिम दर्ता गराईसक्नुपर्ने छ । महोत्सवलाई सफलतापूर्वक सम्पन्न गर्न मंसिर १ गते बिहान प्रभातफेरी आयोजना गरिँदै छ । पोखरा १३ काहुँखोलाबाट सुरु हुने प्रभातफेरी पोखराका विभिन्न स्थान परिक्रमापछि पुनः काहुँखोलामा आई समापन हुनेछ ।

Advertisement

तपाईको प्रतिक्रिया