सहारा एकेडेमीलाई सहयोग

समाधान संवाददाता २०८२ कार्तिक २६ गते १५:५६

पोखरा ।
पोखरा १७ दोबिल्ला स्थित सूर्यबहादुर केसी स्मृति सहारा आवासीय फुटबल एकेडेमीमा विभिन्न व्यक्तिले स्वतःस्फूर्त सहयोग गर्ने गरेका छन् । यसै क्रममा पोखरा २१ निर्मलपोखरी निवासी विष्णु गिरीले एकेडेमीका बालकका लागि सहयोग गरे ।


सोमबार उनले ३४ थान जर्सी सेट, ३४ थान मोजा र खाजाका लागि नगद ५ हजार गरी ५० हजार बराबरको सहयोग गरेका हुन् । गिरीले उक्त सहयोग एकेडेमी संयोजक विष्णु गुरुङ र बालकहरुलाई संयुक्त रुपमा हस्तान्तरण गरे ।


एकेडेमीमा पहिल्यैदेखि सहयोग गर्ने इच्छा रहेकोमा यसरी सहयोग गर्न पाउँदा ज्यादै गौरवान्वित भएको उनले प्रतिक्रिया दिए । उनले आउँदा दिनमा पनि सहयोगमा निरन्तरता दिने आश्वासन दिए । यसका लागि शिशिर गिरीले समन्वय गरेका थिए ।

Advertisement


सहारा क्लब पोखराद्वारा सञ्चालित एकेडेमीका हाल चौथो ब्याजका रुपमा ३० जना बालक आश्रित रहेको क्लब अध्यक्ष केशवबहादुर थापाले जनाए । दातालाई क्लब अध्यक्ष केशवबहादुर थापा र एकेडेमी संयोजक विष्णु गुरुङले स्वागत गरेका थिए ।


कार्यक्रममा क्लब उपाध्यक्ष बिनु रानामगर, महासचिव गंगाराज पौडेल, सचिव ज्ञानेन्द्र गुरुङ, कोषाध्यक्ष लीलबहादुर थापा, कार्यसमिति सदस्य अमरबहादुर राजभण्डारी, प्रमिला घले, विजय गुरुङ, पूर्व कार्यसमिति सदस्य रविन श्रेष्ठको उपस्थिति थियो ।

Advertisement


कार्यक्रम समापनमा एकेडेमी संयोजक विष्णु गुरुङले सहयोगी जन, मन र समन्वयप्रति धन्यवाद एवं हार्दिक आभार प्रकट गर्दै भविष्यमा पनि सहयोगमा निरन्तरता दिँदै सहयोगी हात बढाउन आग्रह गरे ।

तपाईको प्रतिक्रिया