रेडक्रसको ह्विलचेयर सहयोग

समाधान संवाददाता २०८२ कार्तिक २६ गते १६:०८

पोखरा ।
नेपाल रेडक्रस सोसाइटी कास्की शाखाले अपांगता भएका एक व्यक्तिलाई सहायक सामग्री अन्तर्गत ह्विलचेयर प्रदान गरेको छ । नेपाल अपांगता संघ समन्वयमा पोखरा महानगरपालिका वडा नम्बर ६ बस्ने अपांगतामा अति अशक्त व्यक्ति राजकुमार परियारलाई ह्विलचेयर प्रदान गरिएको रेडक्रस कास्कीका कोषाध्यक्ष मोहनसिंह खड्काले जानकारी दिए ।


कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी पोखरा ६ उपशाखाले ती अपांगता भएका व्यक्तिलाई खाद्यान्न सामग्रीसमेत वितरण गरिएको हो ।

कार्यक्रममा रेडक्रस कास्कीका कोषाध्यक्ष खड्का, रेडक्रस सोसाइटी पोखरा ६ उपशाखाका सभापति तुलसी दाहाल, रेडक्रस कास्कीका वरिष्ठ प्रशासन सहायक नवराज भण्डारी, नेपाल अपांगता संघ पोखरा ८का अध्यक्ष विष्णु सिग्देलले सहयोगका बारेमा बोलेका थिए ।

Advertisement

तपाईको प्रतिक्रिया