प्रगतिटोलमा योग शिविर

समाधान संवाददाता २०८२ कार्तिक २६ गते १६:१२

लेखनाथ ।
पोखरा महानगरपालिका वडा नं २९ मा रहेको प्रगति टोल विकास सस्था र सोही टोलमा रहेको ओमकारेश्वर शिव मन्दिर व्यवस्थापन तथा सत्संग समितिको संयुक्त आयोजनामा तथा पतञ्जली योग पीठ गण्डकी प्रदेशको सहयोगमा १५ दिने शिविर सुरु भएको छ ।


‘योग गरौं योग, रहौं निरोग’ भन्ने उद्घोषका साथ टोलवासीमा योगबारे चेतना जगाउन शिविर आयोजना गरिएको अध्यक्ष ललिन्द्र खड्काले वताए । ओमकारेश्वर शिव मन्दिर व्यवस्थापन तथा सत्संग समिति अध्यक्ष मोति गिरीले योग दर्शनमा यम, नियम, आसन, प्राणायम, प्रत्याहार, धारणा, ध्यान र समाधि गरी आठ महत्वपूर्ण अंगको चर्चा गरिएको बताए ।


योग गुरु परमान्द भण्डारीले तनाव व्यवस्थापनका लागि योग उपयोगी रहेको भन्दै उच्च रक्तचाप भएका, साइटिका तथा मेरुदण्डसँग सम्बन्धित अन्य समस्या भएका, वृद्ध तथा गर्भवती महिलाले पनि यसमा सावधानी अपनाउनुपर्नेमा जोड दिए ।

Advertisement

टोलका उपाध्यक्षमा वीरबहादुर खत्री, सचिव विष्णुहरि पौडेल, संस्थाका निवर्तमान अध्यक्ष धर्मदत्त पौडेल, ओमकारेश्वर शिव मन्दिरका पुजारी लक्ष्मण गौतम लगायतले कार्यक्रममा बोलेका थिए ।

Advertisement

तपाईको प्रतिक्रिया