परिवार नियोजनको अभियान जारी

समाधान संवाददाता २०८२ कार्तिक २९ गते १६:१३

पोखरा ।
नेपाल परिवार नियोजन संघ कास्की शाखाले संचालन गरेको यौन तथा प्रजनन् स्वास्थ्य सचेतना अभियान जारी छ । पछिल्लो समय पोखरा महानगरपालिका वडा नं १७ को छोरेपाटन मावि र पोखरा महानगरपालिका वडा नं ३३ को सरस्वती टीका माविमा अभियान सञ्चालन गरिएको छ ।

Advertisement


अभियानमा कक्षा ११ र १२ का किशोर किशोरी र युवा सहभागी गराइएको नेपाल परिवार नियोजन संघ कास्कीका सभापति नवीन सिग्देलले जानकारी दिए । अभियान २४ वटा विद्यालय तथा कलेजसम्म लगिनेछ ।


छोरेपाटन माविमा आयोजित कार्यक्रम सुरुआत गर्दै पोखरा महानगरपालिका वडा नं १७ की वडाध्यक्ष राधिका शाही योगीले बढ्दो उमेरसँगै आउने यौन तथा प्रजनन् स्वास्थ्यसम्बन्धी समस्या समाधानका लागि अभियान सहयोगी हुने बताइन् ।

Advertisement


सरस्वती टीका माविमा आयोजित कार्यक्रममा पोखरा महानगरपालिका वडा नं ३३ की कार्यवाहक वडा अध्यक्ष दुर्गा केसी थापाले यस्ता अभियानलाई अझ तीव्र पार्न आग्रह गरिन् । कार्यक्रममा सरस्वती टीका मावि व्यवस्थापन समिति अध्यक्ष लालप्रसाद पराजुली, प्रधानाध्यापक सूर्यराज अभिकारी र छोरेपाटन माविका प्रधानाध्यापक डिल्लीराम शर्माले बोलेका थिए ।


कार्यक्रममा नेपाल परिवार नियोजन संघ कास्कीका कोषाध्यक्ष विष्णुप्रसाद दाहाल, वरिष्ठ शाखा प्रवन्धक नवराज तिवारी र कर्मचारी सुरज चौधरीले सहजीकरण गरेका थिए ।

Advertisement

तपाईको प्रतिक्रिया