एनपिएलमा ४० करोडको लक्ष्य

काठमाडौं ।
नेपाल प्रिमियर लिग (एनपिएल) को दोस्रो संस्करणको तयारी पूरा भएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले मंसिर १ गतेदेखि प्रतियोगिता सुरु हुने जानकारी दिएको छ । क्यानले यो सिजनलाई अझै भव्य बनाउने बताएको छ । यसपटक रात्रिकालीन खेलहरु हुनेछन् ।
एनपिएलको उद्घाटन खेल मंसिर १ गते दिउँसो ४ बजे साविक विजेता जनकपुर बोल्ट्स र काठमाडौं गुर्खाजबीच हुनेछ । यसपटक धेरै खेलहरु राति हुनेछन् । यसका लागि फ्लडलाइटको काम जारी छ । एनपिएलका लागि १५ करोड ४० लाख रुपैयाँ बराबरको प्रायोजन सम्झौता भइसकेको छ ।
एनपिएलमा ८ फ्रेन्चाइज टोलीहरु प्रतिस्पर्धा गर्नेछन् । यी टोलीहरुमा जनकपुर बोल्ट्स, सुदूरपश्चिम रोयल्स, विराटनगर किङ्स, लुम्बिनी लायन्स, पोखरा एभेन्जर्स, कर्णाली याक्स, चितवन राइनोज र काठमाडौं गुर्खाज छन् । अघिल्लो सिजनको उपाधि जनकपुर बोल्ट्सले सुदूरपश्चिम रोयल्सलाई हराएर जितेको थियो । क्यानका कोषाध्यक्ष पदम खड्काले यस वर्ष टिमहरुबाट ९ करोड रुपैयाँ प्राप्त गर्ने बताए ।
क्यानले यस सिजनमा टिकट बिक्रीबाट ८ देखि १२ करोड रुपैयाँसम्म उठाउने अनुमान गरेको छ । प्लेअफ र फाइनलका लागि साधारणतर्फ १ हजार रुपैयाँ र प्रिमियमतर्फ २ हजार रुपैयाँ तोकिएको छ । सिजनल पासको मूल्य १५ हजार रुपैयाँ छ । खल्ती एपबाट टिकट खरिद गर्न सकिनेछ । उदघाटनको दिन र शनिबारका खेलका लागि साधारणतर्फको टिकट शुल्क ५ सय रुपैयाँ र प्रिमियम टिकटको शुल्क १ हजार ५ सय रुपैयाँ तोकिएको छ ।
शनिबारबाहेकका लिग चरणका खेलका लागि साधारणतर्फ ५ सय रुपैयाँ र प्रिमियमतर्फ १ हजार रुपैयाँ तोकिएको छ । क्यानले यस सिजनमा प्रायोजक, टिम र टिकट बिक्रीबाट कुल ४० करोड रुपैयाँभन्दा बढी आम्दानी हुने अनुमान गरेको छ । कोषाध्यक्ष खड्काले पत्रकार सम्मेलनमा १५ करोड ३० लाख रुपैयाँ प्रायोजकबाट मात्रै उठ्ने अपेक्षा गरिएको बताए । टिम ओनरबाट ९ करोड रुपैयाँ प्राप्त हुने जानकारी दिँदै उनले डिजिटल प्लाटफर्म ओटीटीबाट पनि आम्दानी हुने बताए । डिसहोम गोबाट ५ करोड ३० लाख रुपैयाँमा बिड भएको छ ।
संसारभरबाट उठ्ने पैसामा त्यो रकम घटाएर ७१ प्रतिशत क्यानको र २९ प्रतिशत डिसहोमको रहने उनको भनाइ छ । आज नै लिनियर टिभी फाइनल भएको छ । त्यसको न्यूनतम रकम १ करोड रुपैयाँ रहेको र त्यो भन्दा बढी आउने अपेक्षा राखिएको कोषाध्यक्ष खड्काले बताए । यस्तै, ८ देखि १२ करोड रुपैयाँ टिकटबाट संकलन हुने उनको भनाइ छ ।
यसपटक क्यानले प्रत्यक्ष प्रसारणका लागि नयाँ प्रविधि प्रयोग गरेको छ । डिसहोमको ओटीटी प्लाटफर्ममा लाइभ स्ट्रिमिङ हुनेछ । यो नेपाली खेलकुदका लागि नौलो प्रयोग भएको कोषाध्यक्ष खड्काले जनाए । ओटीटी प्लाटफर्मका लागि ५ करोड ३० लाख रुपैयाँमा बिड भएको छ । ‘संसारभरबाट उठ्ने रकममा ५ करोड ३० लाख रुपैयाँ घटाएर बाँकी रहेको रकममा क्यानको हिस्सा ७१ प्रतिशत र डिसहोमको २९ प्रतिशत हुनेछ,’ खड्काले भने । यसको प्रसारण स्टार स्पोट्र्स र डिसहोमको ओटीटी प्लाटफर्ममा हुने निश्चित भएको छ । नेपालका लागि लिनियर टिभीको पनि टुंगो लागिसकेको छ । त्यसको न्यूनतम रकम १ करोड रुपैयाँ राखिएको छ ।
प्रतियोगिताको मुख्य प्रायोजक सिद्धार्थ बैंक हो । पावर्ड बाइ पार्टनरको रुपमा एनसेल छ । ओमोडा एन्ड जेइको सह–प्रायोजक बनेको छ । अघिल्लो सिजनमा उत्कृष्ट खेलाडी दीपेन्द्रसिंह ऐरीले ओमोडाको ६२ लाख रुपैयाँ बराबरको कार पाएका थिए । अन्य कर्पोरेट साझेदारहरु पनि एनपिएलसँग जोडिएका छन् । केएफसी सेलिब्रेसन पार्टनर, एसियन पेन्ट पेन्ट पार्टनर, नेपाल पे अम्पायर पार्टनर, एक्सटेप अपिरियल पार्टनर र ह्यापिडेन्ट स्पार्किङ स्माइल पार्टनरका रुपमा छन् । भिभो, वाइवाइ, एक्सपर्ट एजुकेशन, पल्सर, रेड बुल, खल्ती जस्ता ब्रान्डहरु पनि यसमा सामेल छन् ।







माछापुच्छ्रेले गण्डकीलाई २२१ रनले हरायो
पोखरा १५ मा खेलकुद महोत्सव जारी
गण्डकी विश्वविद्यालयको उपकुलपतिमा डा. अधिकारी
उम्मेदवारी दर्ता लगत्तै अस्पताल भर्ना भइन् रास्वपा उम्मेदवार बिना गुरुङ, भिडियोबाट मागिन् माफी
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
फेवातालको सिमसार पुर्ने व्यवसायी खतिवडा पक्राउ : प्रहरी र पत्रकारमाथि नै गरे दुर्व्यवहार
तपाईको प्रतिक्रिया