भद्रकाली क्याम्पस सञ्चालक समितिमा सापकोटा

पोखरा ।
पोखरा महानगरपालिका वडा नं १३ स्थित भद्रकाली बहुमुखी क्याम्पसको १६ औं वार्षिक साधारण सभा तथा पाँचौ अधिवेशनले सञ्चालक समितिको अध्यक्षमा जयप्रसाद सापकोटालाई चयन गरेको छ ।
शनिबार भएको अधिवेशबाट समितिका सदस्यमा विष्णु कार्की, बलराम बराल, शोभाकान्त सिग्देल, शारदा पराजुली, युवराज त्रिपाठी र हिमबहादुर गुरुङ चुनिए । गण्डकी विश्वविद्यालयका कुलपति प्राडा ईन्द्रप्रसाद तिवारीले अधिवेशन उद्घाटन गर्दै क्याम्पसमा गुणात्मक शिक्षाको लागि आफू र विश्वविद्यालयको तर्फवाट सहयोग गर्न सदैव तयार रहेको भने ।
शिक्षाले व्यक्तिलाई आत्मनिर्भर र आत्मविश्वासी बनाउने कुलपति तिवारीले धारणा राखे । भद्रकाली बहुमुखी क्याम्पस सञ्चालक समिति अध्यक्ष माधवप्रसाद सिग्देलको अध्यक्षतामा भएको कार्यक्रममा भद्रकाली क्याम्पस सञ्चालक समितिका संस्थापक अध्यक्ष विश्वप्रकाश सिग्देल, निवर्तमान अध्यक्ष बजिरमान श्रेष्ठ, भद्रकाली क्याम्पसका संस्थापक क्याम्पस प्रमुख किशोरदत्त बराल, भद्रकाली बहुमुखी क्याम्पसका प्रमुख नवराज रेग्मी, क्याम्पसका सल्लाहकारद्वय रामगोपाल ढेवाजू र बाबुराम पन्त, भद्रकाली मावि व्यवस्थापन समितिका अध्यक्ष दीपक गुरुङ(माइला), भद्रकाली माविका प्रधानाध्यापक यदुराज पगेनी, भद्रकाली बहुमुखी क्याम्पस प्राध्यापक इकाइ संघ सभापति बुद्धिराज सापकोटा, युवा व्यवसायी आदर्शमान श्रेष्ठ, सत्यदेवी आमा समूहका अध्यक्ष जमुनादेवी श्रेष्ठ, सहायक प्रमुख नारायणप्रसाद सापकोटा लगायतले बोलेका थिए ।







माछापुच्छ्रेले गण्डकीलाई २२१ रनले हरायो
पोखरा १५ मा खेलकुद महोत्सव जारी
गण्डकी विश्वविद्यालयको उपकुलपतिमा डा. अधिकारी
उम्मेदवारी दर्ता लगत्तै अस्पताल भर्ना भइन् रास्वपा उम्मेदवार बिना गुरुङ, भिडियोबाट मागिन् माफी
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
फेवातालको सिमसार पुर्ने व्यवसायी खतिवडा पक्राउ : प्रहरी र पत्रकारमाथि नै गरे दुर्व्यवहार
तपाईको प्रतिक्रिया