प्रतिनिधि सभा निर्वाचनका लागि आयोगद्वारा कार्यतालिका सार्वजनिक, माघ ६ गते उम्मेदवारी दर्ता

समाधान संवाददाता २०८२ मंसिर १ गते ६:१०

पोखरा ।

निर्वाचन आयोगले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि विस्तृत कार्यतालिका सार्वजनिक गरेको छ। यस तालिकाअनुसार उम्मेदवारी दर्तादेखि मतदानसम्मका सबै प्रक्रिया तोकिएको समयमै सम्पन्न गरिनेछ।

आयोगको कार्यतालिका अनुसार, माघ ६ गते उम्मेदवारी दर्ताका लागि समय तोकिएको छ। सो दिन बिहान १० बजेदेखि साँझ ५ बजेसम्म उम्मेदवारले मनोनयनपत्र दर्ता गर्न सक्नेछन्। दर्ता प्रक्रिया सकिएलगत्तै, साँझ ५ बजेदेखि ७ बजेसम्म उम्मेदवारको सूची प्रकाशन गरिनेछ।

Advertisement

माघ ७ गते उम्मेदवारको विरोधमा उजुरी दिन सकिनेछ। यसका लागि बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्मको समय निर्धारण गरिएको छ। प्राप्त उजुरीहरूमाथि आयोगले जाँचबुझ गर्नेछ। जाँचबुझपछि माघ ८ गते साँझ ५ बजेदेखि ७ बजेसम्म उम्मेदवारको नामावली प्रकाशित गरिनेछ।

उम्मेदवारी फिर्ता लिन चाहने उम्मेदवारहरूका लागि माघ ९ गते बिहान १० बजेदेखि दिउँसो १ बजेसम्मको समय दिइएको छ। सोही दिन दिउँसो ३ बजेभित्र उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरी उम्मेदवारहरूलाई चुनाव चिन्ह प्रदान गरिनेछ।

Advertisement

तपाईको प्रतिक्रिया