ताल बाराही माविको अध्यक्षमा गोविन्दराज

पोखरा ।
पोखरामा महानगरपालिका वडा नं ६ बैदामस्थित श्री ताल बाराही माध्यमिक विद्यालयको व्यवस्थापन समितिको अध्यक्षमा गोविन्दराज पहारी चयन भएका छन् । सोमबार बसेको विद्यालय व्यवस्थापन समितिको बैठकले पहारी लाई आगामी ३ वर्षका लागि अध्यक्षमा सर्वसम्मत चयन गरेको छ ।
नौं सदस्यीय नयाँ कार्यसमितिमा वडा प्रतिनिधि बासुदेव बराल, अभिभावकबाट सदस्यमा गिरिराज अधिकारी, दीर्घनारायण पौडेल र विष्णु थापा मगर छन् ।
वडा शिक्षा समितिबाट गणेश पहारी एवं मनोनित सदस्यमा हस्तबहादुर थापा र शिक्षक प्रतिनिधिमा द्रोणराज भुत्याल नियुक्त भएका हुन् । नेपाल सरकारको शिक्षा ऐन नियमावली अनुसार ९ सदस्य नयाँ विद्यालय व्यवस्थापन समिति गठन गरिएको विद्यालयका प्रअ ताराप्रसाद पोखरेलले जानकारी दिए ।
नव नियुक्त पदाधिकारीहरुलाई सोमबार नै पदस्थापन गरिएको थियो । नवनियुक्त अध्यक्ष पहारी पश्चिममाञ्चल होटल व्यवसायी संघका पूर्व अध्यक्ष र पहारी कुल संरक्षण समिति कास्कीका निर्वतमान अध्यक्ष समेत रहेका उनी पर्यटन व्यवसायी तथा समाजसेवी एवं शिक्षा सेवीका रुपमा प्ररिचित व्यक्ति हुन् ।
पहारीले विद्यालयको शैक्षिक गुणस्तर सुधारका साथ आर्थिक तथा भौतिक उन्नतिका लागि प्रयत्नशील रहने बताए । विद्यालयमा विद्यार्थी सङ्ख्या बढाउँदै गुणस्तरीय शिक्षा प्रदान गर्दै जाने उनले प्रतिबद्धता जनाए ।
पोखरा महानगर पालिका वडा नं–६का वडा अध्यक्ष बिष्णुबहादुर भट्टराईले नव नियुक्त समितिलाई बधाइ व्यक्त गर्दै, विद्यालयमा गुणात्मक शिक्षाको लागि आफू र वडा कार्यालयतर्फबाट सहयोग गर्न सदैव तयार रहेको सुनाए । शिक्षाले ब्यक्तिलाई आत्मनिर्भर आत्मविश्वासी बनाउने धारण राखे । प्रधानध्यापक पोखरेलले नव निर्वाचित व्यवस्थापन समितिले विद्यालयलाई कास्की जिल्लाकै नमुना विद्यालय बनाउनेमा आफू विश्वस्त रहेको बताए ।









मुस्ताङको बागवानीमा ‘हाईब्रिड’ स्याउका बिरुवा उत्पादन गर्न सुरु
बन्दीपुरका किसान सुन्तलाखेतीप्रति आकर्षित
मुस्ताङमा प्रादेशिक अस्पताल भवन
‘स्मृतिका बिम्बहरु’ सार्वजनिक
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया