पर्यटन व्यवसायी वसन्तराज दवाडीको निधन

पोखरा ।
पोखराका वरिष्ठ पर्यटन व्यवसायी वसन्तराज दवाडीको ५७ वर्षको उमेरमा निधन भएको छ। आइतबार राती पोखरा लेकसाइडस्थित आफ्नै निवासमा एक्कासि हृदयघात भएपछि उनलाई अस्पताल पुर्याइकाे थियाे ।
उनको माछापुच्छ्रे गाउँपालिका–३, घाचोकमा साेमबार अन्त्यष्टि गरिएकाे छ । पोखराको साहसिक पर्यटन विकासदेखि गाउँका महिलाहरुको आयआर्जनमा दवाडीले पुर्याएको योगदान उल्लेखनीय छ।
दवाडी पछिल्लो समय नेपाल प्याराग्लाइडिङ संघ तथा ह्याण्डग्लाइडिङ संघ (नेफा) गण्डकी प्रदेश अध्यक्षका रुपमा सक्रिय थिए। यसअघि उनले टान गण्डकी, पोखरा पर्यटन परिषद्काे जिम्मेवारी सम्हालेका थिए। प्रदेश खेलकुद परिषद् गण्डकीका सदस्य भएर उनले ४ वर्ष सेवा गरेका थिए।
उनले स्वीट्जरल्याण्डका लागि अवैतनिक राजदूतको रुपमा समेत काम गरेका थिए। घाचोकमा उनले ‘आमा स्मृति प्रतिष्ठान’ स्थापना गरी ज्येष्ठ नागरिक दिवा सेवा केन्द्र सञ्चालनमा ल्याएका थिए। महिलालाई सीपमूलक प्रशिक्षणमार्फत स्वरोजगार बनाउन तथा विद्यार्थीलाई निःशुल्क शिक्षा उपलब्ध गराउन उनले महत्वपूर्ण भूमिका खेलेका थिए।
गत वर्ष माछापुच्छ्रे गाउँपालिकालाई प्याराग्लाइडिङ केन्द्रका रूपमा विकास गर्ने उद्देश्यले भएको सफल परीक्षण उडान पनि उनको पहलमै अघि बढाइएको थियो।
दवाडीका बुवा, श्रीमती, एक छोरा र एक छोरी र ३ जना दाजुभाई छन्।









सिमसार संरक्षणका लागि डेढ दर्जन कानुन र नीति
पोखरा उद्योग वाणिज्य संघका पूर्वमहासचिव अर्जुन पोखरेललाई मातृशोक
सडक महोत्सवको ‘न्यूइयर इभ’ मा आस्मा र एक्स नेपथ्यले तताउने
बचत सुरक्षामा शुभम सहकारीको जोड
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
तपाईको प्रतिक्रिया