राजासहित सबै राजनीतिक दलको सर्वदलीय सम्मेलन गरौंः लिङदेन

समाधान संवाददाता २०८२ मंसिर १ गते १८:५०

पोखरा ।
राष्ट्रिय प्रजातन्त्र पार्टीले मुलुकको जटिल राजनीतिक अवस्थालाई चिर्न ‘व्यापक सर्वदलीय संवाद’ आवश्यक रहेको जनाएको छ । सोमबार पोखरामा सुरु भएको राप्रपा महानगर अधिवेशनको उद्घाटनमा बोल्दै अध्यक्ष राजेन्द्र लिङदेनले राजनीतिक अविश्वास बढ्दै गएको परिस्थितिमा साझा बाटो निकाल्न सबै पक्षको सहभागिता अपरिहार्य रहेको टिप्पणी गरे ।


उनका अनुसार राष्ट्रिय पहिचान संरक्षण, अर्थतन्त्रको स्थिरता र सुशासनलाई प्राथमिकतामा राखेर राप्रपाले स्थानीय तहदेखि केन्द्रसम्म जिम्मेवार प्रतिपक्षको रूपमा काम गर्नेछ । उनले हालको अन्तरिम मन्त्रिपरिषद्ले देशलाई निकास दिन नसक्ने भन्दै राजा जेन–जेड आन्दोलनका प्रतिनिधि तथा दलहरूबीच छलफलको संयोजन गर्न सरकारलाई आग्रह गरे ।


अधिवेशनमा आन्तरिक विवादको मुद्दा पनि उठेको थियो । आलोचना सुनिँदै गर्दा महामन्त्री धवलशमशेर राणाले संगठनभित्र देखिएका कमजोरी स्वीकारेका थिए ।

Advertisement

कार्यक्रममा युवा नेताहरूले संगठन विस्तार र ‘राष्ट्रवादी धार’लाई थप दृढ बनाउनुपर्ने धारणा राखे । केन्द्रीय सदस्य अर्जुन खनालले ‘राष्ट्रहित र स्वार्थी राजनीतिक समूह’ हाबी हुँदै गएको बताए ।
अधिवेशनले पोखराबाट संरचनागत मजबुतीसँगै आगामी रणनीति कार्यान्वयनका लागि प्रारम्भिक गर्ने उल्लेख छ ।

Advertisement

तपाईको प्रतिक्रिया