राजासहित सबै राजनीतिक दलको सर्वदलीय सम्मेलन गरौंः लिङदेन

पोखरा ।
राष्ट्रिय प्रजातन्त्र पार्टीले मुलुकको जटिल राजनीतिक अवस्थालाई चिर्न ‘व्यापक सर्वदलीय संवाद’ आवश्यक रहेको जनाएको छ । सोमबार पोखरामा सुरु भएको राप्रपा महानगर अधिवेशनको उद्घाटनमा बोल्दै अध्यक्ष राजेन्द्र लिङदेनले राजनीतिक अविश्वास बढ्दै गएको परिस्थितिमा साझा बाटो निकाल्न सबै पक्षको सहभागिता अपरिहार्य रहेको टिप्पणी गरे ।
उनका अनुसार राष्ट्रिय पहिचान संरक्षण, अर्थतन्त्रको स्थिरता र सुशासनलाई प्राथमिकतामा राखेर राप्रपाले स्थानीय तहदेखि केन्द्रसम्म जिम्मेवार प्रतिपक्षको रूपमा काम गर्नेछ । उनले हालको अन्तरिम मन्त्रिपरिषद्ले देशलाई निकास दिन नसक्ने भन्दै राजा जेन–जेड आन्दोलनका प्रतिनिधि तथा दलहरूबीच छलफलको संयोजन गर्न सरकारलाई आग्रह गरे ।
अधिवेशनमा आन्तरिक विवादको मुद्दा पनि उठेको थियो । आलोचना सुनिँदै गर्दा महामन्त्री धवलशमशेर राणाले संगठनभित्र देखिएका कमजोरी स्वीकारेका थिए ।
कार्यक्रममा युवा नेताहरूले संगठन विस्तार र ‘राष्ट्रवादी धार’लाई थप दृढ बनाउनुपर्ने धारणा राखे । केन्द्रीय सदस्य अर्जुन खनालले ‘राष्ट्रहित र स्वार्थी राजनीतिक समूह’ हाबी हुँदै गएको बताए ।
अधिवेशनले पोखराबाट संरचनागत मजबुतीसँगै आगामी रणनीति कार्यान्वयनका लागि प्रारम्भिक गर्ने उल्लेख छ ।







माछापुच्छ्रेले गण्डकीलाई २२१ रनले हरायो
पोखरा १५ मा खेलकुद महोत्सव जारी
गण्डकी विश्वविद्यालयको उपकुलपतिमा डा. अधिकारी
उम्मेदवारी दर्ता लगत्तै अस्पताल भर्ना भइन् रास्वपा उम्मेदवार बिना गुरुङ, भिडियोबाट मागिन् माफी
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
फेवातालको सिमसार पुर्ने व्यवसायी खतिवडा पक्राउ : प्रहरी र पत्रकारमाथि नै गरे दुर्व्यवहार
तपाईको प्रतिक्रिया