राजासहित सबै राजनीतिक दलको सर्वदलीय सम्मेलन गरौंः लिङ्देन
पोखरा । राष्ट्रिय प्रजातन्त्र पार्टीले मुलुकको जटिल राजनीतिक अवस्थालाई चिर्न ‘व्यापक सर्वदलीय संवाद’ आवश्यक रहेको जनाएको छ ।
सोमबार पोखरामा सुरु भएको राप्रपा महानगर अधिवेशनको उद्घाटनमा अध्यक्ष राजेन्द्र लिङदेनले राजनीतिक अविश्वास बढ्दै गएको परिस्थितिमा साझा बाटो निकाल्न सबै पक्षको सहभागिता अपरिहार्य रहेको टिप्पणी गरे ।
उनका अनुसार राष्ट्रिय पहिचान संरक्षण, अर्थतन्त्रको स्थिरता र सुशासनलाई प्राथमिकतामा राखेर राप्रपाले स्थानीय तहदेखि केन्द्रसम्म जिम्मेवार प्रतिपक्षको रूपमा काम गर्नेछ । उनले हालको अन्तरिम मन्त्रिपरिषद्ले देशलाई निकास दिन नसक्ने भन्दै राजा जेन–जेड आन्दोलनका प्रतिनिधि तथा दलहरूबीच छलफलको संयोजन गर्न सरकारलाई आग्रह गरे ।
अधिवेशनमा आन्तरिक विवादको मुद्दा पनि उठेको थियो । आलोचना सुनिँदै गर्दा महामन्त्री धवलशमशेर राणाले संगठनभित्र देखिएका कमजोरी स्वीकारेका थिए ।
कार्यक्रममा युवा नेताहरूले संगठन विस्तार र ‘राष्ट्रवादी धार’लाई थप दृढ बनाउनुपर्ने धारणा राखे । केन्द्रीय सदस्य अर्जुन खनालले ‘राष्ट्रहित र स्वार्थी राजनीतिक समूह’ हाबी हुँदै गएको बताए । अधिवेशनले राप्रपा महानगरको आगामी नेतृत्व चयन गर्नेछ ।









तनहुँबाट हराएको ‘गणपति डिलक्स’ लेखिएको गाडी चितवनमा फेला
बागलुङ–बिहुँ खण्ड अलपत्र
करणी आरोपमामा स्याङ्जामा एक जना पक्राउ
मिस्टर एन्ड मिस विश्वकर्मामा निश्चल र स्वेच्छा विजेता
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
गण्डकी सांसद भोजराज अर्याललाई पुत्रशोक
तपाईको प्रतिक्रिया