समाधानकर्मी गुरुङलाई युवा पत्रकारिता पुरस्कार

पोखरा । समाधानकर्मी धनबहादुर गुरुङ ‘सुमन’ मेजर लक्ष्मीप्रसाद÷हुमकुमारी गुरुङ एमबिओ बिइएम टुजिआर युवा पत्रकारिता पुरस्कारबाट सम्मानित हुने भएका छन् । आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) कास्कीको संयोजनमा यो पुरस्कार गुरुङलाई मंसिर ३ गते बुधबार प्रदान गरिनेछ । सोही दिन पुरस्कार दाता मेजर लक्ष्मीप्रसाद र हुमकुमारी गुरुङको वैवाहिक वार्षिकोत्सव परेको छ ।
फोनिज कास्कीका सल्लाहकार हुमबहादुर तमुको संयोजकत्वमा पुरस्कार छनोट समिति गठन भएको थियो । सो समितिले सिफारिस गरेको नाम फोनिज कास्कीको सोमबार बसेको कार्यसमिति बैठकले अनुमोदन ग¥यो । छनोट समितिका सदस्यहरूमा फोनिज गण्डकी इन्चार्ज रुद्र श्रीस मगर, फोनिज गण्डकी अध्यक्ष खिमाकुमारी गुरुङ, फोनिज कास्की अध्यक्ष बिनु थापा मगर र सचिव देविका तामाङ थिए ।
गुरुङले २०६९ सालमा रेडियो सराङकोटबाट कार्यक्रम प्रस्तोता र हिमचुली एफएमबाट प्राविधिकका रूपमा सञ्चार क्षेत्रमा प्रवेश गरेका थिए । त्यसपछि उनी एफएम रेडियो हम्ुदै अनलाइन तथा पत्रपत्रिकामा सक्रिय रहेर पत्रकारिता गर्दै आएका छन् । हाल उनी समाधान दैनिक, एबिसी टिभी र राष्ट्रिय समाचार समिति (रासस) सँग आबद्ध छन् ।
पत्रकारिताका विधागत संघसंस्थामा पनि गुरुङले नेतृत्वदायी भूमिका निर्वाह गरेका छन् । उनी नेपाल पत्रकार महासंघ कास्कीमा सह–सचिव, नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) गण्डकीमा उपाध्यक्ष, नेपाल प्रेस युनियन कास्कीमा सचिव र नेपाल फोटो पत्रकार संघ कास्कीमा सचिव पदमा कार्यरत छन् । यसअघि उनी युवा तथा खेलकुद मन्त्रालयबाट खेलकुद पत्रकारिता प्रोत्साहन पुरस्कार २०७९ बाट पनि सम्मानित भइसकेका छन् ।








कास्कीमा थपिए १७ हजार ७८६ मतदाता
गण्डकी विश्वविद्यालयमा कानूनी प्रशिक्षण
एउटा कर्मचारीको भरमा बलेवा विमानस्थल
मुस्ताङमा ६२ करोड बढीको आलु बिक्री
पोखरामा प्रहरी कल्याण कोष पेट्रोल पम्पको उद्घाटन
खुमा अर्याल फाउन्डेसनको सातौं साधारणसभा, सामाजिक कार्यमा सहकार्यको आह्वान
प्रदेश सांसदका स्वकीयको तलब दिन छाडियो
राष्ट्रिय वाणिज्य बैंकको फ्ल्याट भाडामा लिँदै पोखरा महानगर
तपाईको प्रतिक्रिया