मध्यरातमा घरबाटै दुर्गा प्रसाईं पक्राउ, मंसिर ७ को आन्दोलनमा सरकारको ‘ब्रेक’

काठमाडौं । आगामी मंसिर ७ गते देशव्यापी आन्दोलनको चेतावनी दिँदै आएका मेडिकल व्यवसायी तथा राजावादी अभियन्ता दुर्गा प्रसाईं पक्राउ परेका छन्। उनलाई प्रहरीको विशेष टोलीले भक्तपुरको ठिमीस्थित निवासबाटै नियन्त्रणमा लिएको हो। हाल प्रसाईंलाई जिल्ला प्रहरी परिसर काठमाडौंको भद्रकालीस्थित कार्यालयमा राखिएको छ।
प्रहरीका अनुसार, प्रसाईंलाई शान्ति सुरक्षामा खलल पुर्याउन खोजेको आरोपमा पक्राउ गरिएको हो। उनले सोमबार मात्रै काठमाडौंमा पत्रकार सम्मेलन आयोजना गरी आफ्नो आन्दोलन कुनै पनि हालतमा नरोकिने र मेची-महाकाली ठप्प पार्ने घोषणा गरेका थिए।
अन्तरिम सरकारले प्रसाईंका गतिविधिबाट सम्भावित हिंसा र असुरक्षाको अवस्था सिर्जना हुन नदिन उनलाई नियन्त्रणमा लिएको जनाएको छ। प्रसाईं र उनका समर्थकहरूले मंसिर ७ गते काठमाडौंबाट गणतन्त्र र भ्रष्टाचारको विकल्पमा ‘बृहत् नागरिक मुक्ति आन्दोलन’ गर्ने र डेढ लाखभन्दा बढी मानिस सडकमा उतार्ने घोषणा गरेका थिए।
सामाजिक सञ्जाल प्लेटफर्महरू फेसबुक, एक्स (ट्विटर), इन्स्टाग्राम, युट्युब, टिकटकलगायतमा प्रसाईंका समर्थकहरूले मंसिर ७ गते काठमाडौं पुगेर प्रदर्शनमा सहभागी हुन व्यापक रूपमा आग्रह गरिरहेका थिए।
प्रसाईंले गणतन्त्र, संघीयता र धर्मनिरपेक्षताको खुलेर विरोध गर्दै आएका छन्। उनले बैंक तथा वित्तीय संस्थाहरूले गरिब जनताबाट चर्को ब्याज असुलिरहेको भन्दै ऋण मिनाहाको एजेन्डासहित आन्दोलन चलाएका थिए। पूर्व राजा ज्ञानेन्द्र शाहलाई झापा लगेर अभियान थालेका प्रसाईंले हिन्दु राष्ट्रको पक्ष र सङ्घीयताको विपक्षमा लगातार आवाज उठाउँदै आएका छन्। उनले भ्रष्टाचार वृद्धि र मुलुकको आर्थिक मन्दीका लागि केही व्यापारिक घराना र नेताहरूलाई जिम्मेवार ठहर्याउँदै जथाभावी टिप्पणी गर्ने गरेका थिए। पछिल्लो समयमा त उनले वर्तमान सरकारलाई विदेशीको एजेन्ट भन्दै ढाल्ने चेतावनी दिँदै आएका थिए।







माछापुच्छ्रेले गण्डकीलाई २२१ रनले हरायो
पोखरा १५ मा खेलकुद महोत्सव जारी
गण्डकी विश्वविद्यालयको उपकुलपतिमा डा. अधिकारी
उम्मेदवारी दर्ता लगत्तै अस्पताल भर्ना भइन् रास्वपा उम्मेदवार बिना गुरुङ, भिडियोबाट मागिन् माफी
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
फेवातालको सिमसार पुर्ने व्यवसायी खतिवडा पक्राउ : प्रहरी र पत्रकारमाथि नै गरे दुर्व्यवहार
तपाईको प्रतिक्रिया