नेपाल टेलिकमको नाफा १२ प्रतिशतले घट्यो

काठमाडौं ।
नेपाल टेलिकमको नाफा चालू आर्थिक वर्षको पहिलो त्रैमासिकमा १२.२९ प्रतिशतले घटेको छ । कम्पनीले यो अवधिमा ४ अर्ब ७५ करोड ४ लाख ७१ हजार रुपैयाँ मात्र नाफा गर्न सक्यो । गत वर्षको सोही अवधिको तुलनामा यो कमी हो ।
टेलिकमले जारी गरेको वित्तीय विवरणअनुसार यस त्रैमासिकमा कुल सञ्चालन आय ८ अर्ब ६७ करोड ९५ लाख १५ हजार रुपैयाँ रहेको छ । गत वर्षको यही अवधिमा कुल सञ्चालन आय ८ अर्ब ६८ करोड १ लाख ८६ हजार रुपैयाँ थियो । कुल आम्दानी ९ अर्ब ४७ करोड १० लाख ५१ हजार रुपैयाँ पुगेको छ ।
टेलिकमले ओटीटी सेवाहरूको बढ्दो प्रयोगलाई नाफा घट्नुको मुख्य कारण बताएको छ । ओटीटी सेवाका कारण विदेशबाट आउने कलको संख्यामा ठूलो असर परेको कम्पनीको भनाइ छ ।
कम्पनीको कर्मचारी खर्चमा पनि वृद्धि देखिएको छ । कर्मचारी बिमा खर्च १ करोड ९५ लाख रुपैयाँले बढेको छ । यसका साथै, नेपाल लेखामान १९ अनुसार योगदानमा आधारित पेन्सन योजनाको दायित्व गणनाका लागि प्रयोग भएको डिस्काउन्ट रेट ७.५ प्रतिशतबाट घटेर ७ प्रतिशतमा झरेको छ ।
यसले गर्दा कर्मचारी अवकाशसम्बन्धी खर्च १६ करोड ५० लाख रुपैयाँले बढेको छ । यी कारणले गर्दा कुल कर्मचारी खर्च ८ करोड ८० लाख रुपैयाँले वृद्धि भएको टेलिकमले जानकारी दिएको छ ।









पोखरामा रनिङ शिल्ड र मेयर कपको चटारो: पदक जित्न विद्यार्थीबिच तीव्र प्रतिष्पर्धा
पोखराको सुन्तला ब्रान्डिङ गर्न हर्राबोटमा महोत्सव, किसानलाई प्रतिकिलो १० रुपैयाँ अनुदान
महाकालेश्वर मार्ग टोल विकासको अध्यक्षमा हेमराज चालिसे
कफी उत्पादक संघ कास्कीको १८ औं साधारणसभा: युवालाई गाउँमै रोक्न उत्पादनमा जोड
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
तपाईको प्रतिक्रिया