तमु धिं नेपालले पोखरामा तमु ल्होछार महोत्सव गर्ने

पोखरा । तमु धिं नेपालले पोखरामा तमु ल्होछार महोत्सव गर्ने भएको छ । तमुहरुको महान चाड एवं नयाँ वर्ष आगमनको अवसरमा पुस १४, १५ र १६ गते पोखरा १ बगरस्थित पुरानो टुँडिखेलमा तमु ल्होछार महोत्सव २०८२ गर्ने निर्णय भएको हो ।
तमु धिं नेपाल मुख्य आयोजक र क्षेत्रीय तमु समाजहरु आयोजक रहने तमु ल्होछार महोत्सव भव्यताका साथ आयोजना गर्न तमु धिं नेपालका अध्यक्ष हुमबहादुर तमुको अध्यक्षतामा २०१ सदस्यीय मुल आयोजक समिति गठन गरिएको छ ।
मुल आयोजक समितिमा तमु धिं नेपाल, जिल्ला समिति, क्षेत्रीय तमु समाजहरु, केन्द्रीय युवा समिति, केन्द्रीय आमा समिति, पालिका समितिका अध्यक्ष रहेका छन् । ल्होछार महोत्सवमा र्याली एवम झाँकी प्रतियोगिता, सामुहिक नृत्य प्रतियोगिता, पोशाक तथा तमु भाषा प्रतियोगिता, भलिबल प्रतियोगिता, परम्परागत छेलो प्रतियोगिता, रोधि, लोकदोहोरी विविध साँस्कृतिक प्रस्तुतिसहित विशेष आकर्षक सांगितिक कार्यक्रमहरु समावेश हुने भएको छ ।
महोत्सवमा साँस्कृतिक, पर्यटन,परम्परागत खाना, कृषि, सूचनाप्रविधि, बैंकिङ, व्यावसायिक लगायतका स्टलहरु राखिने तमु धिंले जनाएको छ ।
यस वर्षदेखि ल्होछारलाई महोत्सवको रुपमा प्रारम्भ गरी आगामी वर्षहरुमा थप व्यवस्थित गर्दै पोखरामा पर्यटन आकर्षणको महोत्सवको रुपमा विकास गर्ने योजना रहेको बताइएको छ ।










रास्वपा र बालेनबीच पार्टी एकता : रवि सभापति, बालेन भावी प्रधानमन्त्रीको उम्मेदवार
चलचित्र पत्रकार संघ कास्कीको अध्यक्षमा सन्तोष बस्याल सर्वसम्मत
माझठानाका ९ प्रतिभा सम्मानित
नेतृत्व र सांस्कृतिक ज्ञान लिँदै मिस तामाङका प्रतिस्पर्धी
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया