काठमाडौंपछि अब पोखरामा युरोपेली फिल्म महोत्सव, शुक्रबारदेखि २० फिल्म निःशुल्क देखाइने

पोखरा । काठमाडौंमा भव्यताका साथ सम्पन्न भएपछि १४औं युरोपेली फिल्म महोत्सव (इयुएफएफ) अब पोखरामा आयोजना हुने भएको छ । नेपालस्थित युरोपेली युनियनको प्रतिनिधिमण्डलले शुक्रबार (२१ नोभेम्बर) देखि पोखराको चिप्लेढुंगास्थित ट्रेड मलको क्युएफएक्स सिनेमाजमा महोत्सव सुरु हुने जानकारी दिएको हो ।
महोत्सवको उद्घाटन शुक्रबार साँझ ५ बजे हुनेछ । उदघाटन समारोहमा मार्ता सविनाद्वारा निर्देशित १ घण्टा ३७ मिनेट लामो फिल्म ‘द गर्ल फ्रम टुमरो’ देखाइनेछ । सन् १९६५ को सिसिलीको परिवेशमा आधारित यो फिल्मले परम्परालाई चुनौती दिँदै जबरजस्ती गरिने विवाह अस्वीकार गरेर न्यायका लागि लड्ने सशक्त पात्र लियाको कथा बोकेको छ ।
युरोपेली युनियनको यो सांस्कृतिक अभियानअन्तर्गत शनिबार र आइतबार (२२ र २३ नोभेम्बर) मा फिल्महरूको सार्वजनिक प्रदर्शन हुनेछ । महोत्सवमा ५ वटा युरोपेली फिचर फिल्म, ६ वटा बाफ्टामा मनोनित सर्ट फिल्म र ९ वटा नेपाली सर्ट फिल्म गरी कुल २० वटा फिल्म देखाइने आयोजकले जनाएको छ । दर्शकले यी फिल्महरू निःशुल्क हेर्न पाउनेछन् ।
काठमाडौंमा गत साता सम्पन्न महोत्सवको सफलतापछि पोखरामा यो कार्यक्रम विस्तार गरिएको हो । युरोप र नेपालको उत्कृष्ट सिनेमा कलालाई उत्सवका रूपमा मनाउन युनियनले पोखरेली दर्शकलाई निमन्त्रणा गरेको छ । फिल्म प्रदर्शनको तालिका डिजिटल ब्रोसरमार्फत सार्वजनिक गरिएको छ ।









१९ युनिट रगत संकलन
मुस्ताङमा हिउँ चितुवा अध्ययन गर्न ‘क्यामेरा ट्यापिङ’ गरिँदै
मालढुंगा–बेनी यात्रा अवधि छोटियो
लेखनाथ महोत्सवः जहाँ पुसको जाडोमा रत्यौलीको न्यानो घन्किन्छ
गण्डकीमा ठूलो संख्यामा कार्यालय प्रमुखको सरुवा र पदस्थापन – हेर्नुहोस सूचीसहित
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
तपाईको प्रतिक्रिया