काठमाडौंपछि अब पोखरामा युरोपेली फिल्म महोत्सव, शुक्रबारदेखि २० फिल्म निःशुल्क देखाइने

पोखरा । काठमाडौंमा भव्यताका साथ सम्पन्न भएपछि १४औं युरोपेली फिल्म महोत्सव (इयुएफएफ) अब पोखरामा आयोजना हुने भएको छ । नेपालस्थित युरोपेली युनियनको प्रतिनिधिमण्डलले शुक्रबार (२१ नोभेम्बर) देखि पोखराको चिप्लेढुंगास्थित ट्रेड मलको क्युएफएक्स सिनेमाजमा महोत्सव सुरु हुने जानकारी दिएको हो ।
महोत्सवको उद्घाटन शुक्रबार साँझ ५ बजे हुनेछ । उदघाटन समारोहमा मार्ता सविनाद्वारा निर्देशित १ घण्टा ३७ मिनेट लामो फिल्म ‘द गर्ल फ्रम टुमरो’ देखाइनेछ । सन् १९६५ को सिसिलीको परिवेशमा आधारित यो फिल्मले परम्परालाई चुनौती दिँदै जबरजस्ती गरिने विवाह अस्वीकार गरेर न्यायका लागि लड्ने सशक्त पात्र लियाको कथा बोकेको छ ।
युरोपेली युनियनको यो सांस्कृतिक अभियानअन्तर्गत शनिबार र आइतबार (२२ र २३ नोभेम्बर) मा फिल्महरूको सार्वजनिक प्रदर्शन हुनेछ । महोत्सवमा ५ वटा युरोपेली फिचर फिल्म, ६ वटा बाफ्टामा मनोनित सर्ट फिल्म र ९ वटा नेपाली सर्ट फिल्म गरी कुल २० वटा फिल्म देखाइने आयोजकले जनाएको छ । दर्शकले यी फिल्महरू निःशुल्क हेर्न पाउनेछन् ।
काठमाडौंमा गत साता सम्पन्न महोत्सवको सफलतापछि पोखरामा यो कार्यक्रम विस्तार गरिएको हो । युरोप र नेपालको उत्कृष्ट सिनेमा कलालाई उत्सवका रूपमा मनाउन युनियनले पोखरेली दर्शकलाई निमन्त्रणा गरेको छ । फिल्म प्रदर्शनको तालिका डिजिटल ब्रोसरमार्फत सार्वजनिक गरिएको छ ।







माछापुच्छ्रेले गण्डकीलाई २२१ रनले हरायो
पोखरा १५ मा खेलकुद महोत्सव जारी
गण्डकी विश्वविद्यालयको उपकुलपतिमा डा. अधिकारी
उम्मेदवारी दर्ता लगत्तै अस्पताल भर्ना भइन् रास्वपा उम्मेदवार बिना गुरुङ, भिडियोबाट मागिन् माफी
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
फेवातालको सिमसार पुर्ने व्यवसायी खतिवडा पक्राउ : प्रहरी र पत्रकारमाथि नै गरे दुर्व्यवहार
तपाईको प्रतिक्रिया