समाधानकर्मी गुरुङ युवा पत्रकारिता पुरस्कारबाट सम्मानित

समाधान संवाददाता २०८२ मंसिर ३ गते १७:३०

पोखरा ।

Advertisement

समाधानकर्मी धनबहादुर गुरुङ ‘सुमन’ मेजर लक्ष्मीप्रसाद/हुमकुमारी गुरुङ एमबिओ बिइएम टुजिआर युवा पत्रकारिता पुरस्कारबाट सम्मानित भएका छन् । आदिवासी जनजाति पत्रकार महासंघका संघीय सचिव एमबी आस्थाले बुधबार उनलाई सम्मान प्रदान गरेका हुन् ।

आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) कास्कीको संयोजनमा पुरस्कार गुरुङलाई प्रदान गरिएकाे हाे । कार्यक्रममा पुरस्कार दाता मेजर लक्ष्मीप्रसाद गुरुङ बाेलेका थिए ।

Advertisement

गुरुङले २०६९ सालमा रेडियो सराङकोटबाट कार्यक्रम प्रस्तोता र हिमचुली एफएमबाट प्राविधिकका रूपमा सञ्चार क्षेत्रमा प्रवेश गरेका थिए । त्यसपछि उनी एफएम रेडियो हुँदै अनलाइन तथा पत्रपत्रिकामा सक्रिय रहेर पत्रकारिता गर्दै आएका छन् । हाल उनी समाधान दैनिक, एबिसी टिभी र राष्ट्रिय समाचार समिति (रासस) सँग आबद्ध छन् ।

Advertisement

तपाईको प्रतिक्रिया