माउन्ट अन्नपूर्णका विद्यार्थी फिस्टेल लजमा

समाधान संवाददाता २०८२ मंसिर ३ गते १९:२२

पोखरा । पोखरा ३ नदीपुर भिसी मार्गमा रहेको माउन्ट अन्नपूर्ण माविका विद्यार्थीले फिस्टेल लजको अवलोकन गरेका छन् । बुधबार विद्यालयको कक्षा १२ मा अध्ययनरत विद्यार्थीले पोखराको लेकसाइडमा रहेको लजको अवलोकन गरेको प्रशासक चित्र गुरुङले बताए । विद्यार्थीलाई नियमित रूपमा होटल तथा रिसोर्टको अवलोकन तथा अध्ययन गर्ने योजना अन्तर्गत कार्यक्रम आयोजना गरिएको गुरुङले उल्लेख गरे ।

Advertisement

अवलोकनका लागि १ सय विद्यार्थी त्यहाँ पुगेका थिए । विद्यार्थीलाई होटलका विभिन्न डिपार्ट, फ्रन्ट अफिस विभाग, हाउस किपिङ विभाग, फुड एन्ड बेभरेज विभाग, प्रोपर्टी र सर्भिसको बारेमा लजका पब्लिक रिलेसन अफिसर हेलेन थापाले जानकारी गराइन् ।

अवलोकन पश्चात् विद्यार्थीहरूले अब उक्त लजको बारेमा रिपोर्ट तयार पार्ने र प्रयोगात्मक परीक्षाका लागि अवलोकन आवश्यक भएको होटल व्यवस्थापनका शिक्षक सन्दीप थापाले बताए ।

Advertisement

अवलोकन कार्यक्रममा विद्यालयका प्राचार्य साईन्द्रराज श्रेष्ठ, प्रशासक गुरुङ, होटल व्यवस्थापनका शिक्षकहरू सन्दीप थापा, शिवराज काफ्ले, लेखा प्रमुख नवराज शर्माको सहभागिता रहेको थियो । माउन्ट अन्नपूर्णमा म्यानेजमेन्ट, होटल म्यानेजमेन्ट र माउन्टेनियरिङ विषयमा कक्षा १२ सम्म पढाइ हुन्छ । यो गण्डकी प्रदेशकै निजी स्तरबाट सञ्चालित पहिलो स्कुल हो ।

Advertisement

तपाईको प्रतिक्रिया