पोखरा रोयल सहकारीद्वारा ४४ ज्येष्ठ सदस्यलाई पेन्सन

पोखरा ।
पोखरा रोयल बचत तथा ऋण सहकारी संस्थाले आफ्ना ७५ वर्ष उमेर कटेका ज्येष्ठ सदस्यहरुलाई जनही ५ हजार रुपैयाँका दरले पेन्सन वितरण गरेको छ । संस्थाद्वारा प्रवद्र्धित सामाजिक संस्था रोयल फाउण्डेसनको सहयोगमा संस्थागत सामाजिक उत्तरदायित्व वहन गर्दै ४४ जना सदस्यलाई सम्मानसहित पेन्सन प्रदान गरिएको हो ।
फाउण्डेसनका अध्यक्ष केशवप्रसाद ढकालको अध्यक्षतामा भएको ज्येष्ठ सदस्य सम्मान तथा पेन्सन वितरण समारोहमा सहकारीका अध्यक्ष रुद्रकुमारी गुरुङले १०२ वर्षीय सदस्य सारजङ गुरुङलाई पेन्सन हस्तान्तरण गरिन् । सो अवसरमा उनले समाजका ज्येष्ठ नागरिकहरुको सेवा गर्न पाएकोमा आफू अत्यन्तै हर्षित भएको बताइन् ।
समारोहमा ज्येष्ठ सदस्यहरुको तर्फबाट वरिष्ठ समाजसेवी विश्वरत्न शाक्य र क्याप्टेन पूर्णबहादुर गुरुङले पोखरा रोयल सहकारीको हरेक कार्यक्रम उत्कृष्ट रहेको प्रतिक्रिया दिए । उनीहरुले संस्थाले वित्तीय सेवा र सुरक्षासँगै सामाजिक क्षेत्रमा समेत उदाहरणीय कार्य गरेकोमा बधाई ज्ञापन गरे ।
यसैबीच सहकारी र फाउण्डेसनको सहकार्यमा ज्येष्ठ सदस्यहरुलाई पोखरा आसपासका धार्मिक तथा पर्यटकीय स्थलको अध्ययन अवलोकन भ्रमणसमेत गराइएको थियो । फाउण्डेसनका कोषाध्यक्ष एवं पोखरा रोयल बचत तथा ऋण सहकारीका प्रमुख कार्यकारी अधिकृत भीमबहादुर गुरुङले स्वागत गरेको कार्यक्रम फाउण्डेसनका सचिव केदारनाथ पोखरेलले सञ्चालन गरेका थिए ।
रोयल फाउण्डेसनको सहकार्यमा सहकारीले पेन्सन वितरण, नवजात शिशु स्याहार, औषधि उपचार राहत, दैवी प्रकोप राहत र मृत्यु राहतजस्ता राहत र सेवा प्रदान गर्दै आइरहेको सहकारीका सूचना अधिकारी मीलन ढकालले बताए ।








६० सहसचिवको सरुवा, गण्डकीमा ५ सचिव आउँदा २ जना बाहिरिए
सरकारको १०० दिन : फजुल खर्च र सुशासनमा निर्मम, चुनाव गराउन प्रतिबद्ध
चुनाव आउन ७५ दिन बाँकी : देशभर १० हजार ९६७ मतदान स्थल कायम, १६८ थपिए
पुसमा विवाहको झल्को : लेखनाथ महोत्सवमा यसरी गुञ्जियो रत्यौली
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया