अमेरिकी राजदूत पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा

पोखरा ।
अमेरिकन राजदूत डिन थम्पसनले पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको अवलोकन गरेका छन् । उनले अस्पतालका फ्रन्टलाइन स्वास्थ्यकर्मीहरूसँग भेटघाट गर्दै मातृ स्वास्थ्य तथा नवजात शिशुसम्बन्धी चल्दै आएका कार्यक्रमबारे जानकारी लिएका हुन् ।
अस्पतालमा विगत केही वर्षदेखि अमेरिकन सहयोग संस्था युएसएडमार्फत शिशु तथा गर्भवती महिलालाई लक्षित कार्यक्रम सञ्चालन हुँदै आएको थियो । तर हाल यूएसएडमार्फत कार्यान्वयन बन्द भएपछि सो कार्यक्रम अमेरिकी दूतावासले अवलोकन गरिरहेको छ । यद्यपि अस्पताल प्रशासनले ‘शिष्टाचार भेटघाट मात्र भएको’ जनाएको छ ।
राजदूत थम्पसनले पश्चिमाञ्चल क्षेत्रीय अस्पतालसँगै गण्डकी प्रदेशको स्वास्थ्य मन्त्रालयमा पुगेर अधिकारीहरूसँग पनि भेटघाट गरेका छन् । मन्त्रालयका सचिव विश्वबन्धु बगालेका अनुसार दूतावाससँग भएको भेटघाट मातृ तथा नवजात स्वास्थ्यका चलिरहेका कार्यक्रमबारे बिफ्रिङ केन्द्रित थियो ।
‘विगतमा यूएसएडले सम्हाल्दै आएको कार्यक्रम अब दूतावासले हेर्दै आएको छ,’ सचिव बगालेले भने, ‘शिशु मृत्युदर, मातृ स्वास्थ्यलगायतका सूचकहरूमा भइरहेको प्रगति, अस्पतालहरूको अवस्था र आगामी सहकार्यका सम्भावनाबारे विस्तृत कुराकानी भयो ।’
गण्डकी प्रदेशका अस्पतालहरूमा चलिरहेको यी कार्यक्रमहरू सञ्चालनका लागि अस्पतालभित्र विशेष समिति गठन गरिएको छ । प्रदेश निर्देशनालय खारेज हुनुअघि त्यहीँबाट कार्यक्रम सञ्चालन भइरहेको थियो । तर मनाङ र मुस्ताङमा भने यो कार्यक्रम सञ्चालनमा छैन ।
यसैबीच, अमेरिकन दूतावासले सामाजिक सञ्जालमार्फत गण्डकी प्रदेश स्वास्थ्य मन्त्रालयका अधिकारी, फ्रन्टलाइन स्वास्थ्यकर्मी तथा बिरामीहरूसँग भएको भेटघाटबारे जानकारी सार्वजनिक गर्दै नेपाल–अमेरिका स्वास्थ्य सहकार्यलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरे ।
‘नेपालले स्वास्थ्य क्षेत्रमा अमेरिकासँगको साझेदारीअन्तर्गत गरिरहेको प्रगति र प्राथमिकताबारे सिष्टाचार भेटघाट भयो । स्वास्थ्य सेवामा नवीनता, पहुँच वृद्धि तथा दीर्घकालीन आत्मनिर्भरताका लागि नेपालका स्वास्थ्य प्रणालीलाई सुदृढ बनाउन अमेरिका प्रतिबद्ध छ,’ अमेरिकी राजदूतावासको फेसबुक स्टाटसमा लेखिएको छ ।








१८औं हिसान स्पोर्ट्स मिट सुरु : पहिलो दिन भलिबल र बास्केटबलका प्रतिस्पर्धा
वन कुकुरको वासस्थान सुधारका लागि ताङ्तिङमा २५० केजी प्लास्टिक संकलन
गण्डकीमा ‘मुख्यमन्त्री सुशासन फेलोसिप’ खुल्यो : युवालाई मासिक ३० हजार पारिश्रमिक
सुप्रिम सहकारी ठगी प्रकरण : रवि लामिछानेलाई रिहा गर्न उच्च अदालतको आदेश
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया