३२ युनिट रगत संकलन

समाधान संवाददाता २०८२ मंसिर ४ गते १६:२५

पोखरा ।
सत्य साई बाबाको १००औं जन्मोत्सवको अवसरमा सत्य साई केन्द्र सिमलचौर पोखराले खुला रक्तदान कार्यक्रम गरेको छ । ५ दिवसीय कार्यक्रम अन्तर्गत भएको रक्तदानमा ३२ युनिट रगत संकलन भएको छ ।

पोखरा महानगरपालिका वडा नम्बर ८का अध्यक्ष रुद्रनाथ बरालले उद्घाटन गरेको कार्यक्रममा सत्य साई केन्द्र पोखराका अध्यक्ष कमला भट्टराई, केन्द्रका युवा संयोजक अम्बी मल्ल, युवा सहसंयोजक विपिन अधिकारी, रक्त सञ्चार केन्द्र रामघाटका इञ्चार्ज महेन्द्र केसी लगायतले बोलेका थिए ।


साई बाबाको जन्मोत्सवको सन्दर्भमा बिहीबार मानव सेवा आश्रमका आश्रितलाई सेवा कार्यक्रम अन्तर्गत खाद्यान्य, दाल, चामल, घिऊ, चिउरा, बिस्कुट, मरमसला लत्ता कपडा हस्तान्तरण गरिएको केन्द्रका युवा सहसंयोजक अधिकारीले जानकारी दिए ।

Advertisement

राम आधारभूत विद्यालयका विद्यार्थीलाई स्टेशनरी सामाग्री प्रदान गर्र्ने कार्यक्रम तय भएको छ । साई बाबाको जन्मोत्सवको सन्दर्भमा सत्य साई केन्द्रका साई भक्त तथा भजन समूहले विभिन्न कार्यक्रम गर्दै आएका छन् ।

Advertisement

तपाईको प्रतिक्रिया