प्रतिनिधि सभा निर्वाचनमा सेना परिचालन गर्न सिफारिस

काठमाडौं । राष्ट्रिय सुरक्षा परिषद्ले आगामी प्रतिनिधि सभा सदस्य निर्वाचनमा नेपाली सेना परिचालन गर्न सरकारसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ । सिंहदरबारस्थित परिषद्को सचिवालयमा बिहीबार बसेको ४१ औं बैठकले यस्तो निर्णय गरेको हो ।
परिषद्का सदस्य सचिव एवं रक्षा सचिव सुमनराज अर्यालका अनुसार २०८२ साल फागुन २१ गते हुने निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न सेना परिचालनको सिफारिस गरिएको हो । बैठकले नेपालको संविधानको धारा २६६ को उपधारा (१) बमोजिम सेना परिचालन गर्न नेपाल सरकार, मन्त्रिपरिषद् समक्ष सिफारिस गर्ने निर्णय गरेको अर्यालले जानकारी दिए ।
प्रधानमन्त्री सुशीला कार्कीको अध्यक्षतामा बसेको बैठकमा राष्ट्रिय सुरक्षामा आउन सक्ने विविध चुनौती तथा राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा देखापरेका पछिल्ला घटनाक्रमले सुरक्षामा पार्न सक्ने प्रभावबारे समीक्षा भएको थियो । सो क्रममा अब अपनाउनुपर्ने भावी रणनीतिका सम्बन्धमा समेत छलफल भएको परिषद्ले जनाएको छ ।
यस्तै बैठकले राष्ट्रिय सुरक्षा परिषद्को आठौँ वार्षिक प्रतिवेदन (आर्थिक वर्ष ०८१/८२) को मस्यौदामाथि छलफल गरेको छ । उक्त मस्यौदालाई आवश्यक संशोधनसहित स्वीकृत गरी संविधानको धारा २६६ को उपधारा (३) बमोजिम राष्ट्रपतिसमक्ष पेस गर्ने निर्णय पनि बैठकले गरेको छ ।
बैठकमा परिषद्का सदस्यहरू अर्थमन्त्री, गृहमन्त्री, मुख्य सचिव, प्रधानसेनापति र रक्षा सचिवको उपस्थिति थियो ।








सरकार र ‘जेनजी’ बीच ऐतिहासिक १० बुँदे सम्झौता : पूर्ण विवरणसहित
कांग्रेस कास्की सभापति बराल उम्मेदवार नबन्ने, भन्छन् : ‘अन्याय र बेथिति विरुद्ध बोल्न चाहन्छु’
पश्चिमाञ्चल मावि कानुन संकायका विद्यार्थी लमजुङका गाउँमा
एन प्याब्सन ‘दोस्रो बृहत् बाल प्रतिभा पहिचान महोत्सव–२०८२’ सुरु
गण्डकीमा ठूलो संख्यामा कार्यालय प्रमुखको सरुवा र पदस्थापन – हेर्नुहोस सूचीसहित
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
तपाईको प्रतिक्रिया