नेपाल वन प्राविधिक संघको ५२ औँ स्थापना दिवस

समाधान संवाददाता २०८२ मंसिर ५ गते १३:१४

पोखरा ।
नेपाल वन प्राविधिक संघको ५२ औँ स्थापना दिवसमा बिहीबार कार्यक्रम भएको छ । नेपाल वन प्राविधिक संघ गण्डकी प्रदेश कमिटीका अध्यक्ष गणेशबहादुर कार्कीको अध्यक्षतामा कार्यक्रम भएको हो ।


वन विज्ञान अध्ययन संस्थानमा उत्कृष्ट अंक हासिल गर्ने विद्यार्थीलाई जेहेनदार वन प्राविधिक पुरस्कार प्रदान गरिने घोषणा गरिएको छ ।


गण्डकी प्रदेशमा क्रियाशील रहेका वन कर्मचारी वा प्राविधिकहरु, वनरक्षक, रेन्जर मध्येबाट एकजना र अधिकृत स्तर वा सोभन्दा माथिका वन प्राविधिक वा कर्मचारीहरुमध्येबाट एकजना उत्कृष्ट वनप्राविधिक वा कर्मचारी छनौट गरी आगामी आर्थिक वर्षदेखि ५ हजार रुपैयाँ र प्रमाणपत्र प्रदान गरी गरिने बताइएको छ ।

Advertisement


कार्यक्रममा गण्डकी प्रदेशका वन तथा वातावरण मन्त्री भेषबहादुर पौडेल, गण्डकी प्रदेशका वन तथा वातावरण मन्त्रालयका सचिव मोहनराज काफ्ले, वनविज्ञान अध्ययन संस्थान पोखरा क्याम्पसका क्याम्पस प्रमुख नारायणप्रसाद गौतम, प्राध्यापकहरु जितनारायण शाह, महेन्द्र सिंह थापा, कस्केली वन प्राविधिक समाजका अध्यक्ष एवं निवर्तमान प्रदेश वन निर्देशक रामकाजी श्रेष्ठ लगायतका वनप्राविधिकहरु लगायतको उपस्थिति थियो ।


कार्यक्रमको सञ्चालन कमिटीका कोषाध्यक्ष मदन सुवेदीले गरेका थिए ।

Advertisement

तपाईको प्रतिक्रिया