श्रीकृष्ण प्रणामीमा पुनः निर्मित मन्दिरको उद्घाटन

समाधान संवाददाता २०८२ मंसिर ५ गते १३:१९

पोखरा ।

पोखरा ८ रत्नचोकमा श्रीकृष्ण प्रणामी सेवा समितिद्धारा सञ्चालित श्रीकृष्ण प्रणामी मन्दिरको पुनः निर्मित एवं सौन्दर्यकृत मन्दिरको उद्घाटन गरिएको छ । श्रीकृष्ण धर्माचार्य अनन्तश्र्री विभूषित जगदगुरु आचार्य श्री कृष्णमणि महाराजले एक कार्यक्रमका बीच उक्त मन्दिरको उद्घाटन गरेका हुन । सो अवसरमा वोल्दै कृष्णमणि महाराजले श्रीकृष्ण प्रणामी समुदायको साथ र सहयोगबाट पर्यटकीय शहर पोखरामा श्रीकृष्ण प्रणामी मन्दिर निर्माणमा साथ र सहयोग प्रदान गर्नेलाई धन्यवाद ब्यक्त गरे ।

धार्मिक शास्त्रहरु धेरै भएतापनि त्यसको सार एउटै भएको बताउदै विभिन्न देवी देवताका स्वरुप भएतापनि परमात्मा एउटै भएको उनको भनाइ थियो । ज्ञान सहज रुपमा प्राप्त गरेतापनि त्यसको सुरुवात नवतनपुरी धामबाट भएका त्यहाँ पुननिर्माण हुन लागेको धामका लागि सहयोग आवश्यक रहेकाले त्यसमा सहभागी हुन पोखरेलीलाई अनुरोध समेत गरे ।

Advertisement

पोखरा महानगरपालिका वडा नं ८ का अध्यक्ष रुद्रनाथ बरालले श्रीकृष्ण प्रणामी मन्दिरको प्रवद्र्धन संगै मन्दिरको पुन निर्माणमा वडाले साथ र सहयोग गर्दै आइरहेको बताउदै आगामी दिनमा पनि मन्दिरमा आवश्यक पर्ने सहयोग वडाबाट प्रदान गर्ने बताए । त्यस्तै पोखरा महानगरपालिका वडा नं ७ का अध्यक्ष राम मोहन आचार्यले श्रीकृष्ण प्रणामी मन्दिरलाई धार्मिक पर्यटकीय स्थल बनाउनका लागि आफ्नो तर्फबाट सक्दो सहयोग गर्ने प्रतिवद्धता ब्यक्त गरे ।

सो अवसरमा वोल्दै श्री कृष्ण प्रणामी सेवा समिति नेपालका केन्द्रिय अध्यक्ष श्याम कृष्ण शर्माले नेपालको पहिलो धार्मिक संस्थाको रुपमा रहेको श्रीकृष्ण प्रणामी सेवा समिति रहेको र यसको नेपालमा २ सय ५८ वटा इकाई रहेको र त्यसमध्येको एक इकाई श्रीकृष्ण प्रणामी सेवा समिति पोखरा रहेको र यहाँ रहेको मन्दिरलाई पुन निर्माण गरेकोमा सम्पूर्ण सहयोगीहरुलाई धन्यवाद ब्यक्त गरे ।

Advertisement

त्यस्तै १०८ पुरुषोत्तम महाराले पोखरामा रहेको श्रीकृष्ण प्रणामी मन्दिरको पुन निर्माणमा सहयोग गर्ने सम्पूर्णलाई धन्यवाद ब्यक्त गर्दै श्रीकृष्ण प्रणामी धर्म निजानन्द समुदायको उद्गम स्थल श्री ५ नवतनपुरी धामको पुन निर्माणको काम चल्दै गरेकाले पोखरामा रहेको श्रीकृष्ण प्रणामी मन्दिरलाई जसरीनै सम्पूर्णले साथ र सहयोग आवश्यक रहेको बताउदै त्यसका लागि श्रीकृष्ण प्रणामी सेवा समिति पोखराका अध्यक्ष मोहन ढकाल संग सहकार्य गर्न सम्पूर्णलाई आग्रह गरे ।

श्रीकृष्ण प्रणामी सेवा समिति पोखराका निवर्तमान अध्यक्ष तथा केन्द्रिय सदस्य पुरुषोत्तम रेग्मीले पोखरामा श्रीकृष्ण प्रणामी मन्दिर निर्माण भइ फेरीपनि आवश्यक्ता अनुसार मन्दिरलाई सौन्दर्यकरण तथा पुन निर्माण गरि सम्पन्न गर्न पाउदा खुसी लागेको बताउदै मन्दिर निर्माणमा साथ र सहयोग प्रदान गर्ने सम्पूर्णलाई धन्यवाद ब्यक्त गरे ।

सो अवसरमा वोल्दै श्रीकृष्ण प्रणामी सेवा समिति पोखराका अध्यक्ष मोहन प्रसाद ढकालले श्रीकृष्ण प्रणामी मन्दिरको पुन निर्माण सम्पन्न संगै श्रीकृष्ण प्रणामी धर्म निजानन्द समुदायको उद्गम स्थल श्री ५ नवतनपुरी धामको पुन निर्माणका लागि आफ्नो तर्फबाट २ लाख सहयोग गर्ने प्रतिवद्धता ब्यक्त गरे । साथै श्रीकृष्ण प्रणामी सेवा समिति पोखराको तर्फबाट समेत धाम पुन निर्माणमा सहयोग गर्ने उनको भनाइ थियो ।

सो अवसरमा श्रीकृष्ण प्रणामी धर्म संरक्षक परिषद, सचिवालय संयोजक रागवराज रेग्मी, श्रीकृष्ण प्रणामी सेवा समिति नेपालका केन्द्रिय उपाध्यक्ष बद्री प्रसाद ओली, श्रीकृष्ण प्रणामी धर्म प्रवर्धन, प्रचारप्रसार तथा प्रचारक व्यवस्थापन विभाग सदस्य श्यामदाश महाराज, श्रीकृष्ण प्रणामी मन्दिर रत्नचोकका पुजारी श्री महाराज लिलाम्बर सापकोटा, श्रीकृष्ण प्रणामी धर्मका धर्म प्रचारिका जमुना सुवेदी, श्रीकृष्ण प्रणामी सेवा समिति जिल्ला कार्य समितिका अध्यक्ष कृष्ण प्रसाद ढुंगाना, समितिका सल्लाहकार घनश्याम बानिया, बलराम सुवेदी, पोखरा विश्वविद्यालयका निवर्तमान डीन डा. दयाराज ढकाल, विष्णु पहारी, समाजसेवी रामजी प्रसाद बास्तोला, श्रीकृष्ण प्रणामी युवा परिषद, जिल्ला समिति कास्कीका अध्यक्ष तोयनाथ सापकोटा, श्रीकृष्ण प्रणामी वायुजुराज महिला समिति अध्यक्ष विष्णु पराजुली, इन्द्रपुरी टोल विकास संस्थाका अध्यक्ष भुपेन्द्र गिरी, एसके डान्स सेन्टरका सञ्चालक राम लामा, संगीतकारद्धय बालकृष्ण आचार्य र सुजन बन्जरा लगायतको उपस्थिती रहेको थियोभने कार्यक्रमको सञ्चालन सचिव लक्ष्मण बरालले गरेका थिए ।

तपाईको प्रतिक्रिया