
जोमसोम ।
आन्तरिक राजश्व कार्यालय बाग्लुङले उत्कृष्ट चार करदातालाई बिहीबार सम्मान गरेको छ । ‘कर प्रणालीको सार, लगानीको आधार’ नारासहित आन्तरिक राजश्व कार्यालय बाग्लुङले राष्ट्रिय कर दिवस २०८२ को अवसर पारेर आ.व. २०८०/०८१ मा सबैभन्दा बढी कर दाखिला गर्ने विभिन्न व्यवसायी तथा कम्पनीहरुलाई दोसल्ला र प्रमाणपत्रसहित सम्मान अर्पण गरेको हो ।
मुस्ताङका अमित बिल्डर्स, म्याग्दीबाट घलेन्दी हाईड्रो पावर कम्पनी, पर्वतबाट दी क्लीप प्रालि र बाग्लुङबाट ग्रीन डेभलपमेन्ट लिमिटेडलाई उत्कृष्ट करदाता सम्मान प्रदान गरिएकाे आन्तरिक राजश्व कार्यालय बाग्लुङका सूचना अधिकारी राजनमणि शर्माले जानकारी दिए ।
अमित बिल्डर्सले २२ लाख ९६ हजार, घलेन्दी हाईड्रोले ५५ लाख ५६ हजार, दी क्लीपले ४६ लाख २१ हजार र ग्रीन डेभलपमेन्टले एक करोड ९३ लाख ४८ हजार रुपैयाँ राजश्व तिरेका शर्माले जानकारी दिए ।
मुस्ताङको भौगोलिक विकटता रहेको स्थानमा सडक, पुलपुलेसा र भवन निर्माण लगायतका चुस्त भरपर्दाे र पारदर्शी रुपमा कार्यसम्पादन गर्दैआईरहेको अमित बिल्डर्स योसँगै चार पटकसम्म सम्मान प्राप्त गरिसकेको आन्तरिक राजश्व कार्यालय बाग्लुङले जनाएको छ । कार्यालयका अनुसार अमित बिल्डर्सले आन्तरिक राजश्व कार्यालय पोखराबाट एक पटक र बाग्लुङबाट तीन पटक उत्कृष्ट करदाताको रुपमा घोषित भई सम्मानित भइसकेको छ ।
उत्कृष्ट करदाताहरुलाई बाग्लुङका प्रमुख जिल्ला अधिकारी कुमारसिंह गुरुङ र आन्तरिक राजश्व कार्यालय बाग्लुङका कार्यालय प्रमुख प्रमोदकुमार श्रीवास्तव लगायतले दोसल्ला र प्रमाणपत्र सम्मान अर्पण गरेका थिए ।
अमित बिल्डर्सका संञ्चालक प्रेमप्रसाद तुलाचनले सम्मानले कम्पनीको कार्यसम्पादनमा उर्जा थपेकाे बताए । २०४५ सालदेखि निरन्तर रुपमा मुस्ताङको विकास निर्माण लगायतका काम गरी कम्पनीले राष्ट्रलाई योगदान पर्याएकाे उनकाे भनाइ छ ।

सुन्दरकुमार थकाली
थकाली समाधान दैनिकका मुस्ताङ संवाददाता हुन्








पोखराबाट भारतीय सहरमा सिधा उडान भर्न मुख्यमन्त्रीको आग्रह
जलविद्युत् आयोजनाले गाउँ धुलाम्मे : हरियाली वनपाखा र बगैंचाभरि धुलो, स्थानीयलाई सास्ती
राजनीतिक स्थिरता नभए मुलुकमा संकट निम्तने मुख्यमन्त्री पाण्डेको चेतावनी
चुनाव आउन ७६ दिन बाँकी : समानुपातिक सिटको प्रतिशत हेरफेर गर्न अध्यादेश सिफारिस
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया