छैटौं टाइगर कप भलिबलको संयोजकमा गुरूङ

पोखरा । ‘छैटौं टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित खुल्ला क्लब च्याम्पियनसिप महिला तथा पुरुष भलिबल प्रतियोगिता–२०८२’ को संयोजकमा राजकुमार गुरूङलाई जिम्मेवारी दिइएको छ । माघ ९ गते देखि १७ गते सम्म पोखरा रंगशालामा सञ्चालन हुने प्रतियोगिता संयोजक गुरुङ र र सहसंयोजकमा डोलराज पोखरेल (डिआर) जिम्मेवारी दिइएको संस्थाका अध्यक्ष नारायणप्रसाद शर्माले जानकारी दिए । संस्थाको बिहीबार बसेको बैठकले उनीहरुलाई जिम्मेवारी सुम्पिएको उनले बताए । विगत पाँच वर्षको अनुभवले खारिएका दुबै जनाले छैटौ संस्करण सफल बनाउन महत्वपूर्ण भूमिका निर्वाह गर्नेमा आफू विश्वस्त रहेको अध्यक्ष शर्माले बताए ।
संयोजकको जिम्मेवारी पाएका गुरूङ नेपाल भलिबल संघका केन्द्रीय सदस्य समेत हुन् भने टाइगर ग्रुप अफ पोखरा नेपालको संस्थापक कार्यसमिति सदस्य हुन् । त्यस्तै सहसंयोजक पोखरेल खेलकुद र सामाजिक क्षेत्रसँगै ग्रुपका कार्यसमिति सदस्य हुन् । यस अघि चौथो संस्करणको प्रतियोगिताको संयोजकमा दिपक कार्की र पाँचौ संस्करणमा रामकृष्ण ज्ञवाली संयोजकको जिम्मेवारी सम्हालेका थिए ।
संस्थाले यस संस्करणमा पुरस्कार राशी वृद्धि गरिएको बताएको छ । छैटौं सस्करणको तयारीमा रहेको आयोजकले पुरस्कार राशी बढाउने घोषणा गरिसकेको छ । अध्यक्ष शर्माका अनुसार छैटौ संस्करणको च्याम्पियन हुने महिला तथा पुरूष दुबैतर्फको टोलीले समान ६ लाख ६६ हजार ६६६ नगद प्राप्त गर्ने छन् । उपविजेताले नगद रु ३ लाख ६६ हजार ६६६ तथा तेस्रो हुने टिमले १ लाख ६६ हजार ६६६ हात पार्नेछन् ।
पाँचौ सस्करणमा सो पुरस्कार राशि उपाधि बिजेतातर्फ ५ लाख ८५ हजार ५५५ रुपैयाँ उपविजेता तर्फ २ लाख ८५ हजार ५५५ रुपैयाँ रहेको थियो । सर्वोत्कृष्ट खेलाडीले नगद २६ हजार ६६६ प्राप्त गर्दा अन्य विद्यागत उत्कृष्ट हुने खेलाडीले समान नगद रु ११ हजार ६६६ का साथमा ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछन् । सर्वोत्कृष्ट र विधागततर्फ पनि महिला तथा पुरुष समान पुरस्कार रहेको आयोजकले जानकारी दिएको छ ।
पाचौं टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय भलिबल प्रतियोगिताको उपाधि गण्डकी प्रदेशलाई पराजित गर्दै नेपाल पुलिस क्लबले जितेको थियो भने महिलातर्फ एपिएफ क्लबलाई पराजित गर्दै आयोजक टोली टाइगर ग्रुपले पहिलो पटक उपाधि जितेको थियो । टाइगर ग्रुपले ब्रोडकास्टिङ र मार्केटिङ पार्टनरको रुपमा दुई अलग–अलग संस्थासंग सम्झौता पनि गरिसकेको छ । आगामी तीनवर्ष सम्मका लागि ब्रोडकास्टिङ पार्टनर कान्तिपुर मिडिया र मार्केटिङ पार्टनर सुश्री मिडिया प्राली रहने गरी सम्झौता भएको टाइगर ग्रुपका सचिब डिबी नेपालीले बताए ।









१९ युनिट रगत संकलन
मुस्ताङमा हिउँ चितुवा अध्ययन गर्न ‘क्यामेरा ट्यापिङ’ गरिँदै
मालढुंगा–बेनी यात्रा अवधि छोटियो
लेखनाथ महोत्सवः जहाँ पुसको जाडोमा रत्यौलीको न्यानो घन्किन्छ
गण्डकीमा ठूलो संख्यामा कार्यालय प्रमुखको सरुवा र पदस्थापन – हेर्नुहोस सूचीसहित
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
तपाईको प्रतिक्रिया