सर्वनाममा सुनिए देवेन्द्र

पोखरा । गजलकार देवेन्द्र केसी देवुका गजल बिहीबार सर्वनाम थियटरमा गुन्जिएका छन् । अनाम मण्डलीको आयोजनामा भएको गजल गायनमा केसीका गजल संगीतकार एवं गायक सन्तोष श्रेष्ठको गायनमा गुन्जिएका हुन् ।
श्रेष्ठले २ घण्टासम्म दर्शकदीर्घालाई मन्त्रमुग्ध पारेर हलचलसमेत हुन दिएनन् । श्रेष्ठलाई तबलामा शम्भु श्रेष्ठ र बाँसुरीमा निर्मल सिंहले साथ दिएका थिए । कार्यक्रममा प्राडा देवी नेपालले शास्त्रीय बहरमा रचना गरिएका गजलहरूलाई लोक रङ दिएर पनि सुन्दर ढंगले गाउन सकिन्छ भनेर सन्तोषले उदाहरण दिएको धारणा राखे ।
गजलकार एवं संगीत मर्मज्ञ रवि प्राञ्जलले पछिल्लो समय नेपाली गजल गायनमा आउने क्रम तीव्र बनेकामा खुसी व्यक्त गरे । पोखरा २० कास्कीमा जन्मेर नेपाली वाङ्मयका फुटकर विधा कविता, गजल, गीत र मुक्तक लेखनमा क्रियाशील केसी अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज गण्डकीका अध्यक्षसमेत हुन् ।
उनका यसरी मन पोखियो र परेलीभित्रै छु कवितासंग्रह, मनको पहिरो, इमानको पहाड र अव्यक्त पीडा’ मुक्तक संग्रह, यो जुनीमा यस्तै भयो र दोषी नजर गीतिएल्बम बजारमा आइसकेका छन् । नेपाल प्रज्ञा–प्रतिष्ठान, गीतकार संघ नेपाल, हरिदेवी कोइराला साहित्य संगीत सम्मान कोष, सप्तरंगी सांस्कृतिक प्रष्तिठान, कस्केली अधिकृत समाज, जरा फाउन्डेसन लगायतका संघसंस्थामा आवद्ध केसी नेपाल नागरिक उड्डयन प्राधिकरणका पूर्व महाप्रबन्धकसमेत हुन् ।
कार्यक्रमका परिकल्पनाकार घनेन्द्र ओझाले गजलकार र संगीतकारको परिचय प्रस्तुत गर्दै २०८० देखि २०९० सम्मको दशकलाई नेपाली गजल गायनको स्वर्ण दशकका रूपमा मनाइरहेको जानकारी गराए ।
कार्यक्रम अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज, नेपाल च्याप्टर, गोल्डेन क्रियसन र अन्तर्राष्ट्रिय नेपाली गजल मञ्चको सहकार्य र अनाम मण्डली नेपालको आयोजनामा भएको हो ।









इनरह्वीलको महिला हिंसा विरुद्धबारे कानुनी सचेतना
१९ युनिट रगत संकलन
मुस्ताङमा हिउँ चितुवा अध्ययन गर्न ‘क्यामेरा ट्यापिङ’ गरिँदै
मालढुंगा–बेनी यात्रा अवधि छोटियो
गण्डकीमा ठूलो संख्यामा कार्यालय प्रमुखको सरुवा र पदस्थापन – हेर्नुहोस सूचीसहित
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
तपाईको प्रतिक्रिया