सर्वनाममा सुनिए देवेन्द्र

पोखरा । गजलकार देवेन्द्र केसी देवुका गजल बिहीबार सर्वनाम थियटरमा गुन्जिएका छन् । अनाम मण्डलीको आयोजनामा भएको गजल गायनमा केसीका गजल संगीतकार एवं गायक सन्तोष श्रेष्ठको गायनमा गुन्जिएका हुन् ।
श्रेष्ठले २ घण्टासम्म दर्शकदीर्घालाई मन्त्रमुग्ध पारेर हलचलसमेत हुन दिएनन् । श्रेष्ठलाई तबलामा शम्भु श्रेष्ठ र बाँसुरीमा निर्मल सिंहले साथ दिएका थिए । कार्यक्रममा प्राडा देवी नेपालले शास्त्रीय बहरमा रचना गरिएका गजलहरूलाई लोक रङ दिएर पनि सुन्दर ढंगले गाउन सकिन्छ भनेर सन्तोषले उदाहरण दिएको धारणा राखे ।
गजलकार एवं संगीत मर्मज्ञ रवि प्राञ्जलले पछिल्लो समय नेपाली गजल गायनमा आउने क्रम तीव्र बनेकामा खुसी व्यक्त गरे । पोखरा २० कास्कीमा जन्मेर नेपाली वाङ्मयका फुटकर विधा कविता, गजल, गीत र मुक्तक लेखनमा क्रियाशील केसी अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज गण्डकीका अध्यक्षसमेत हुन् ।
उनका यसरी मन पोखियो र परेलीभित्रै छु कवितासंग्रह, मनको पहिरो, इमानको पहाड र अव्यक्त पीडा’ मुक्तक संग्रह, यो जुनीमा यस्तै भयो र दोषी नजर गीतिएल्बम बजारमा आइसकेका छन् । नेपाल प्रज्ञा–प्रतिष्ठान, गीतकार संघ नेपाल, हरिदेवी कोइराला साहित्य संगीत सम्मान कोष, सप्तरंगी सांस्कृतिक प्रष्तिठान, कस्केली अधिकृत समाज, जरा फाउन्डेसन लगायतका संघसंस्थामा आवद्ध केसी नेपाल नागरिक उड्डयन प्राधिकरणका पूर्व महाप्रबन्धकसमेत हुन् ।
कार्यक्रमका परिकल्पनाकार घनेन्द्र ओझाले गजलकार र संगीतकारको परिचय प्रस्तुत गर्दै २०८० देखि २०९० सम्मको दशकलाई नेपाली गजल गायनको स्वर्ण दशकका रूपमा मनाइरहेको जानकारी गराए ।
कार्यक्रम अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज, नेपाल च्याप्टर, गोल्डेन क्रियसन र अन्तर्राष्ट्रिय नेपाली गजल मञ्चको सहकार्य र अनाम मण्डली नेपालको आयोजनामा भएको हो ।







माछापुच्छ्रेले गण्डकीलाई २२१ रनले हरायो
पोखरा १५ मा खेलकुद महोत्सव जारी
गण्डकी विश्वविद्यालयको उपकुलपतिमा डा. अधिकारी
उम्मेदवारी दर्ता लगत्तै अस्पताल भर्ना भइन् रास्वपा उम्मेदवार बिना गुरुङ, भिडियोबाट मागिन् माफी
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
फेवातालको सिमसार पुर्ने व्यवसायी खतिवडा पक्राउ : प्रहरी र पत्रकारमाथि नै गरे दुर्व्यवहार
तपाईको प्रतिक्रिया