एभरेस्ट एफएम को रक्तदानमा १५१ युनिट रगत

पोखरा । एभरेस्ट मिडिया हाउस प्रालिको आयोजनामा शनिबार पोखरामा भएको रक्तदान कार्यक्रममा १ सय ५१ युनिट रगत संकलन भएको छ । एभरेस्ट मिडिया हाउस प्रालिद्वारा सञ्चालित एभरेस्ट एफएम र एभरेस्ट आवाज डटकमको संयुक्त आयोजनामा भएको कार्यक्रममा १ सय २७ जना पुरुष र २४ महिलाले रक्तदान गरेका हुन् ।
कार्यक्रममा १६ जना पहिलो रक्तदातासमेत सहभागी भएको एभरेस्ट मिडिया हाउसले जनाएको छ । कार्यक्रममा जिल्ला प्रहरी कार्यालय कास्की, सशस्त्र प्रहरी बलको कालिका गण मालेपाटन, एवन ग्रेटर नेपाल यातायात प्रालि, बाल कल्याण संस्था, शितलाज्योति युवा क्लब पोखरा १२, टिम महादेव गुरुङ, ईम्पावर हेल्थ केयर प्रालि लगायतका संघ, संस्थाको संस्थागत सहभागिता थियो ।
कार्यक्रममा माछापुच्छ्रे ३ घाचोकका दुर्गाप्रसाद घोरासैनीले ५९ औं पटक, पोखरा नयाँबजारका शम्भुलाल श्रेष्ठले ५५ औं पटक, पोखरा १४ का राजेश तण्डुकारले ५४ औं पटक, पोखरा लेकसाइडका विजयकुमार प्रधानले ४४ औं पटक, नागरिक समाजका संस्थापक अध्यक्ष रामबहादुर पौडेलले ४१ औं पटक र पोखरा १ बगरका अनिल शाक्यले ४१ औं पटक रगत दिए ।
पोखरा ४ का लोकेन्द्रदीप शाक्यले ४० औं पटक, पोखरा १५ का सुजन प्रधानले ३९ औं पटक, पोखरा ८ का निश्चल खरेलले ३८ औं पटक, भारत घर भई पोखरा बस्ने मुन्नाकुमार ठाकुरले ३७ औं पटक, पोखरा १७ विरौटाका विक्रम रानाभाट र खिमराज आचार्यले ३६ औं पटक रक्तदान गरेका छन् ।
यसअघि नेपाल रेडक्रस सोसाइटी कास्कीकी सभापति उर्मिला खड्काले पहिलो रक्तदाता नेपाल पत्रकार महासंघ कास्की अध्यक्ष माधव बराललाई ब्लड ब्याग हस्तान्तरण गरी रक्तदान सुरुआत गरेकी थिइन् । खड्काले रक्तदान गरेर जीवन बचाउन सकिने बताइन् ।
रक्तसञ्चार केन्द्र पोखराका प्रमुख अर्जुन ज्ञवालीले रक्तदान गर्दा रक्तदान गर्नेलाई पनि फाइदा हुने र अरुको जीवन पनि बचाउन सकिने बताए । एभरेस्ट मिडिया हाउसले रक्तदानसँगै सचेतना कार्यक्रम गरी समाजमा रक्तदानप्रतिको धारणा सकारात्मक बनाउन महत्वपूर्ण भूमिका खेलेको उनको भनाइ छ ।
नेपाल पत्रकार महासंघ कास्की अध्यक्ष माधव बरालले रक्तदान सबैभन्दा पुण्य काम भएको उल्लेख गरे । उनले रगतको विकल्प रगतमात्र भएकाले रगत आपूर्तीको एकमात्र माध्यम रक्तदान नै भएको बताए ।
एभरेस्ट मिडिया हाउसका प्रमुख/सम्पादक दीपेन्द्र श्रेष्ठले आफू स्वस्थ रहेको प्रमाणित गर्दै अर्काको जीवन बचाउने अभियान अन्तर्गत रक्तदान कार्यक्रम गरिएको बताए । संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत रक्तदान कार्यक्रम आयोजना गरिएको उनले प्रष्ट्याए । रक्तदानमा रक्त सञ्चार केन्द्र पोखराको प्राविधिक सहयोग थियो ।









सिमसार संरक्षणका लागि डेढ दर्जन कानुन र नीति
पोखरा उद्योग वाणिज्य संघका पूर्वमहासचिव अर्जुन पोखरेललाई मातृशोक
सडक महोत्सवको ‘न्यूइयर इभ’ मा आस्मा र एक्स नेपथ्यले तताउने
बचत सुरक्षामा शुभम सहकारीको जोड
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
तपाईको प्रतिक्रिया