जापानको नायोरो नगरका प्रतिनिधि मण्डललाई स्वागत

समाधान संवाददाता २०८२ मंसिर ६ गते १८:१३

पोखरा । जापानको नायोरो नगरका उपप्रमुख सहितको प्रतिनिधि मण्डललाई शुक्रबार पोखरा वृद्धाश्रममा स्वागत गरिएको छ । नायोरो नगरका उपप्रमुख मासामिचि हासिमोतो, नायोरोका समाज कल्याण शाखा प्रबन्ध निर्देशक युटो गोटो सहितको प्रतिनिधि मण्डललाई पोखरा वृद्धाश्रमका अध्यक्ष कुसुमकेशव पराजुली लगायतले स्वागत गरेका हुन् ।

Advertisement

नायोरो नगरका उपप्रमुख मासामिचि हासिमोतोले आफू पोखरा दोस्रोपटक आएको र यो धेरै मनपर्ने ठाउँ भएको बताए । जापानमा ज्येष्ठ नागरिकलाई गरिने हेरचाह, औषत आयु लगायतका विषयमा उनले जानकारी दिए ।

वृद्धाश्रमका अध्यक्ष पराजुलीले २०५३ सालमा समाजसेवी ऋषिकेशव पराजुलीले स्थापना गरेको पोखरा वृद्धाश्रमले स्थापनाकालदेखि असहाय ज्येष्ठ नागरिकको आश्रयस्थलका रुपमा सेवा दिइरहेको सुनाए ।

Advertisement

यसअघि नायोरोमा ज्येष्ठ नागरिककको सेवा सम्बन्धमा आफूहरूले स्थलगत रुपमा नै धेरै कुरा जान्ने र सिक्ने अवसर पाएको उनले सुनाए । कार्यक्रममा नायरोका समाज कल्याण शाखाका प्रमुख युटो गोटो, विदेश मानव संसाधन विभागका सतोसी फुजी, पोखरा वृद्धाश्रमका उपाध्यक्ष केशव लम्साल लगायतले बोलेका थिए ।

Advertisement

तपाईको प्रतिक्रिया