प्रहरीलाई नेपाल लाइफको साथ

पोखरा ।
जीवन बिमा कम्पनी नेपाल लाइफ इन्स्योरेन्सले नेपाल प्रहरीलाई कम्प्युटर र सन्देशमूलक बोर्ड हस्तान्तरण गरेको छ । शुक्रबार एक कार्यक्रमका बीच कम्पनीले नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय गगनगौडा, कास्की र जिल्ला प्रहरी कार्यालय कास्कीलाई ती सामग्री हस्तान्तरण गरेको हो ।
कम्पनीले राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय गगनगौडालाई ७५ थान ट्राफिकसँग सम्बन्धित सूचनामूलक बोर्ड र जिल्ला प्रहरी कार्यालय कास्कीका लागि ५ थान कम्प्युटर हस्तान्तरण गरेको हो ।
नेपाल लाइफ इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सिइओ) प्रवीणरमण पराजुलीले ती सामग्री राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय गगनगौडाका प्रमुख प्रहरी उपरीक्षक दानबहादुर थापा र जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी उपरीक्षक नवीन कार्कीलाई हस्तान्तरण गरे ।
सामग्री हस्तान्तरण कार्यक्रममा बोल्दै सिइओ पराजुलीले सामाजिक उत्तरदायित्व अन्तर्गत कम्पनीले काम गर्दै आएको बताए । जिल्ला प्रहरी र ट्राफिक प्रहरीलाई हस्तान्तरण गरिएका सामग्रीले प्रहरीको सेवामा सहयोग पुग्ने पराजुलीले आशा व्यक्त गरे ।
कार्यक्रममा बोल्दै प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय गगनगौडा कास्कीका प्रमुख दानबहादुर थापाले इन्स्योरेन्स कम्पनीले प्रदान गरेका सामग्रीले कानुनको कार्यान्वयन गर्न र सेवाग्राहीलाई सेवा प्रवाह गर्न थप सहयोग पुग्ने विश्वास व्यक्त गरे । शान्ति सुरक्षा कायम गर्नु, अपराध नियन्त्रण र दुर्घटना न्यूनीकरण गर्न सबैको सहयोगको आवश्यक पर्ने पराजुलीको भनाइ थियो ।









सिमसार संरक्षणका लागि डेढ दर्जन कानुन र नीति
पोखरा उद्योग वाणिज्य संघका पूर्वमहासचिव अर्जुन पोखरेललाई मातृशोक
सडक महोत्सवको ‘न्यूइयर इभ’ मा आस्मा र एक्स नेपथ्यले तताउने
बचत सुरक्षामा शुभम सहकारीको जोड
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
तपाईको प्रतिक्रिया