बलिउडका ‘हि म्यान’ धर्मेन्द्रको ८९ वर्षको उमेरमा निधन

पोखरा । बलिउडका दिग्गज अभिनेता धर्मेन्द्रको ८९ वर्षको उमेरमा निधन भएको छ । केही समयअघि मात्रै आफ्नै मृत्युको अफवाह फैलिएको खबर पढेका धर्मेन्द्रको सोमबार मुम्बईस्थित निवासमा निधन भएको ‘द हिन्दुस्तान टाइम्स’ले जनाएको छ । दुई साताअघि मात्रै उनलाई अस्पतालबाट घर ल्याइएको थियो ।
सन् १९६० देखि अभिनय यात्रा सुरु गरेका धर्मेन्द्रले ३ सयभन्दा धेरै चलचित्रमा अभिनय गरेका छन् । ‘शोले’ मा वीरूको बहुचर्चित भूमिकासहित ‘फूल और पत्थर’, ‘सीता और गीता’, ‘चुपके चुपके’, ‘प्रतिज्ञा’ र ‘धर्म वीर’ जस्ता उनका चलचित्र सदाबहार मानिन्छन् । रोमान्टिकदेखि एक्सन हिरोसम्मको भूमिकामा उनले आफ्नो बलियो छाप छाडेका छन् । बलिउड चलचित्रकर्मीसहित धेरैले सामाजिक सञ्जालमार्फत उनलाई श्रद्धाञ्जली दिएका छन् ।
सन् १९९७ मा फिल्मफेयर लाइफटाइम अचिभमेन्ट र २०१२ मा भारत सरकारको पद्मभूषण सम्मान पाएका धर्मेन्द्र पछिल्लो पटक ‘तेरी बातों में ऐसा उलझा जिया’ र ‘रकी और रानी की प्रेम कहानी’ मा देखिएका थिए । उनको अन्तिम चलचित्र ‘इक्किस’ प्रदर्शन हुन बाँकी छ, जसको पोस्टर आइतबार मात्र सार्वजनिक गरिएको थियो ।
धर्मेन्द्रका श्रीमतीहरू प्रकाश कौर र हेमा मालिनीसहित छोराहरू सनी र बबी देओल तथा छोरीहरू ईशा र आहाना देओल छन् ।







माछापुच्छ्रेले गण्डकीलाई २२१ रनले हरायो
पोखरा १५ मा खेलकुद महोत्सव जारी
गण्डकी विश्वविद्यालयको उपकुलपतिमा डा. अधिकारी
उम्मेदवारी दर्ता लगत्तै अस्पताल भर्ना भइन् रास्वपा उम्मेदवार बिना गुरुङ, भिडियोबाट मागिन् माफी
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
फेवातालको सिमसार पुर्ने व्यवसायी खतिवडा पक्राउ : प्रहरी र पत्रकारमाथि नै गरे दुर्व्यवहार
तपाईको प्रतिक्रिया