मिस तामाङको तयारी सुरु

पोखरा ।
दशौं मिस तामाङ पोखरा २०२६ को तयारी औपचारिक रुपमा सुरु भएको छ । पोखरा महानगरभित्र रहेका विभिन्न तामाङ घेदुङ इकाइबीच यसबारे छलफल भएको समाजले जनाएको छ ।
सोनाम ल्होसारको अवसरमा बैदाम तामाङ सेवा समाजको आयोजनामा हरेक वर्ष मिस तामाङ पोखरा हुँदै आएको छ । बैदाम तामाङ सेवा समाज अध्यक्ष ज्याक तामाङको अध्यक्षतामा भएको कार्यक्रममा तामाङ घेदुङ गण्डकी उपाध्यक्ष रामबहादुर ब्लोन (शिबु)ले महिला शिक्षित भए परिवार शिक्षित हुने र परिवार शिक्षित भए समाज र देश शिक्षित हुन्छ भन्ने अवधारणालाई मिस तामाङ प्रतियोगितासँग जोडेर हेर्नुपर्नेमा जोड दिए ।
नेपाल जेसिसका पूर्व अध्यक्ष राजु केसीले नारी शिक्षाले घर, समाज र देशलाई समृद्ध बनाउने भन्दै नारी क्षमता विकास, नेतृत्व निर्माण र आत्मविश्वास वृद्धि मिस तामाङ पोखराले पुर्याउँदै आएकोमा जोड दिए । रेडियो अन्नपूर्णका स्टेशन म्यानेजर सञ्जय मल्लले तामाङ समुदायका छोरी, चेलीलाई आफ्नो पहिचान, प्रतिभा र सांस्कृतिक ज्ञानसहित अगाडि बढ्ने अवसर दिलाउने यो कार्यक्रम समुदायको सम्पत्ति भएको तर्क गरे ।
वक्ता र सहभागीहरूले मिस तामाङ प्रतियोगिता केवल सौन्दर्य प्रतियोगिता नभई सांस्कृतिक संरक्षण, नेतृत्व क्षमता विकास, र समुदायको अन्तरपिढी सम्बन्ध मजबुत पार्ने महत्वपूर्ण माध्यमसमेत भएको बताएका छन् । छलफलमा संयोजक रोशिला ब्लोन, तामाङ बौद्ध सेवा समिति अध्यक्ष विष्णु तामाङ, तामाङ घेदुङ पोखरा महानगर कार्यबाहक अध्यक्ष अन्जना तामाङ, कार्यक्रमका कोरियोग्राफर जिता लामा लगायतले बोलेका थिए ।
माघको ३ गते पोखरामा हुने मिस तामाङ पोखरा २०२६ मा पोखराका अभिभावक र तामाङ समुदायलाई आफ्ना छोरी, चेलीलाई सहभागी गराई नयाँ कुरा सिक्ने, आत्मविश्वास बढाउने र क्षमता उजागर गर्ने उत्कृष्ट अवसर दिन बैदाम तामाङ सेवा समाजका अध्यक्ष ज्याकले अनुरोध गरेका छन् ।







माछापुच्छ्रेले गण्डकीलाई २२१ रनले हरायो
पोखरा १५ मा खेलकुद महोत्सव जारी
गण्डकी विश्वविद्यालयको उपकुलपतिमा डा. अधिकारी
उम्मेदवारी दर्ता लगत्तै अस्पताल भर्ना भइन् रास्वपा उम्मेदवार बिना गुरुङ, भिडियोबाट मागिन् माफी
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
फेवातालको सिमसार पुर्ने व्यवसायी खतिवडा पक्राउ : प्रहरी र पत्रकारमाथि नै गरे दुर्व्यवहार
तपाईको प्रतिक्रिया