पोखरामा खुल्यो लक्ष्मी ईमोबिलिटी

पोखरा ।
नेपालमा केई र फोर्थिङ इलेक्ट्रिक सवारी साधनका अधिकृत वितरक लक्ष्मी ई–मोबिलिटीले पोखराको बुद्धचोकमा नयाँ सोरुम स्थापना गरेको छ । लक्ष्मी ग्रुपका कार्यकारी निर्देशक सुनिल श्रेष्ठले सोमबार शोरुम उद्घाटन गरेका हुन् ।
कम्पनीले पश्चिम क्षेत्रमा आफ्नो उपस्थितिलाई अझ मजबुत बनाउँदै आधुनिक, दिगो र प्रविधिमैत्री इलेक्ट्रिक सवारी साधनलाई ग्राहकसम्म झनै नजिक ल्याएको कार्यकारी निर्देशक श्रेष्ठले बताए । श्रेष्ठले भने, ‘बिक्रीसँगै बिक्री पछिको सेवा हाम्रो प्राथमिकता हो ।’
बुद्धचोकस्थित यो सोरुमले प्रदेशमा बढ्दो इभी मागलाई सम्बोधन गर्दै ग्राहकलाई नजिक र सुविधाजनक सेवा उपलब्ध गराउने महत्वपूर्ण कदमको रूपमा काम गर्ने अपेक्षा गरिएको छ । उद्घाटन समारोहलाई लक्षित गर्दै कम्पनीले विशेष ग्राण्ड ओपनिङ अफर घोषणा गरेको छ । जसमा विशेष नगद सुविधा, बोस ब्रान्डका इलेक्ट्रोनिक उपहार, एक वर्षको निःशुल्क अटो प्लस इन्सोरेन्स तथा रोड–ट्याक्स प्याकेज, साथै प्रत्येक बुकिङमा एक रातको आकर्षक स्टे–प्याकेजको व्यवस्था गरिएको छ ।
कम्पनीका अनुसार नयाँ सोरुमले पोखराका ईभी प्रेमीलाई उच्चस्तरीय खरिद अनुभव दिलाउने कम्पनीले बताएको छ । दिगो मोबिलिटी प्रवद्र्धनका लागि लक्ष्मी ग्रुपले रिल्याक्स रिर्चाज नेटवर्क मार्फत देशभर ६३ भन्दा बढी चार्जिङ तथा सर्भिस स्टेसन विस्तार गरिसकेको छ । जसले ग्राहकलाई सहज चार्जिङ र मर्मत–सम्भार सेवा प्रदान गर्दै पूर्वाधार मजबुत बनाइरहेको छ ।








एउटा कर्मचारीको भरमा बलेवा विमानस्थल
मुस्ताङमा ६२ करोड बढीको आलु बिक्री
नेपाली-अमेरिकन एसोसिएसन लुइजियानाको साधारण सभा
लेखनाथ महोत्सवको स्टल बुकिङ खुला
पोखरामा प्रहरी कल्याण कोष पेट्रोल पम्पको उद्घाटन
खुमा अर्याल फाउन्डेसनको सातौं साधारणसभा, सामाजिक कार्यमा सहकार्यको आह्वान
प्रदेश सांसदका स्वकीयको तलब दिन छाडियो
राष्ट्रिय वाणिज्य बैंकको फ्ल्याट भाडामा लिँदै पोखरा महानगर
तपाईको प्रतिक्रिया