२ सय ९९लाई सीपमूलक तालिम

पोखरा ।
गण्डकी प्रदेशको सामाजिक विकास, युवा तथा खेलकुद मन्त्रालय अन्तर्गतको व्यवसायिक तथा सीप विकास तालिम केन्द्र पोखराले विभिन्न १२ विधामा २ सय ९९ जनालाई एकसाथ सीपमुलक तालिम दिन लागेको छ ।
आर्थिक वर्ष २०८२/०८३को प्रथम चरणको तालिमको लागि १ सय ४३ महिला र १सय ५६ महिला उत्तिर्ण भएको केन्द्र प्रमुख अनिल सुवेदीले जानकारी दिए । ३ महिने (३९० कार्याघण्टा) कार्यअवधिका विभिन्न १२ सीपमुलक तालिममा १ हजार ३ सय ५५ जनाले आवेदन दिएका थिए ।
केन्द्रले बिहीबारबाट कुक, कपाल काट्ने (सैलुन) आधारभूत केश श्रृङगार, विद्युत जडान, प्लम्बिङ, मोबाइल मर्मत, आधारभूत कम्प्युटर, आधारभूत सिलाई कटाई, बुटिक डिजाइन, मोटरसाइकल मर्मत, अटोमोबाइल र मन्टेश्वरी तालिम सञ्चालन गर्न लागेको हो । विभिन्न १२ विधाका तालिमको लागि १३ प्रशिक्षक चयन भएका छन् ।
सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री विन्दुकुमार थापाले सबै तालिमको बुधबार उद्घाटन गरे । मन्त्री थापाले सीप मुलक तालिम सिके रोजगारी सिर्जना गर्न सकिने बताए । ‘कपाल काट्ने प्लम्बिङ र टेलरिङ लगायतका श्रमबजारमा विदेशीको बाहुल्यता छ, ’उनले भने, ‘आय आर्जन समेत धेरै हुने ती क्षेत्रमा नेपालीको प्राथमिकता पनै आवश्यक छ ।’ उनले प्रयाप्त रुपमा सीप सिकेर आफै उद्यमी बन्न सहभागीलाई आग्रह गरे ।
गण्डकी प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम प्रतिष्ठानका कार्यकारी निर्देशक सोमनाथ सापकोटाले तालिममा आवश्यक पर्ने उपकरण नभए आवाज उठाउन सहभागीलाई आग्रह गरे । व्यवसायिक तथा सीप विकास तालिम केन्द्र पोखराका सहायक प्रशासकीय अधिकृत डिल्लीराम सुवेदीले १ हजार ३ सय ५५ आवेदन दिएका मध्ये व्यवसाय गर्ने र स्वरोरजागर बन्नेलाई प्राथमिकताका आधारमा तालिम दिन लागेको बताए ।
उनले बाँकी अरुलाई दोश्रो चरणमा तालिम दिने जनाए । उनले ९० प्रतिशत हाजिर नभए सहभागीलाई प्रमाणपत्र प्रदान नगर्ने घोषणा गरे । उनले केन्द्रले गतवर्ष ७सय ८६ जनालाई दिक्षित गरेको जानकारी दिए ।
कार्यक्रममा केन्द्रका सहायक प्रशासकीय अधिकृत विष्णुदेवी पोखरेल, प्रशिक्षक यमकुमारी रानाले तालिमको बारेमा बोलेका थिए ।








१८औं हिसान स्पोर्ट्स मिट सुरु : पहिलो दिन भलिबल र बास्केटबलका प्रतिस्पर्धा
वन कुकुरको वासस्थान सुधारका लागि ताङ्तिङमा २५० केजी प्लास्टिक संकलन
गण्डकीमा ‘मुख्यमन्त्री सुशासन फेलोसिप’ खुल्यो : युवालाई मासिक ३० हजार पारिश्रमिक
सुप्रिम सहकारी ठगी प्रकरण : रवि लामिछानेलाई रिहा गर्न उच्च अदालतको आदेश
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया